कराते टोली मुम्बई प्रस्थान

  मन बहादुर पुन  1617 पटक हेरिएको

मन बहादुर पुन

एशिया कप चौथो अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ११ सदस्यीय नेपाली कराते टोली भारतको मुम्बई शहर प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेहरुमा चिल्ड्रेन ९-१० बर्ष समूहको प्रतिस्पर्धामा रेहन जाबेद,वाँगचुक तामॉग -४५ किलो,राम बिश्वास राउत कुर्मी-५५ किलो,सोनम बलामी-७५ किलो, दिलाशा श्रेष्ठ-५० किलो,रश्मिता श्रेष्ठ -५५ किलो एकल कातामा प्रतिस्पर्धा गर्नेछन भने उक्त कराते टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँङगीले गर्नेछ ।

टिम म्यानेजरमा राम बहादुर गुरुंङ , निर्णायकमा शुरेन्द्र श्रेष्ठ , अफिशियलमा पुष्प राज गिरी , मोहम्मद जाबेद , आसमा बानु रहेका छन । सहभागी हुने खेलाडी तथा अफिशियलहरुलाई रा.खे.प.सदस्य एबम् नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुंग , रा.खे.प. सदस्य एबम् नेपाल बक्सिंग संघका उपाध्यक्ष अर्जुन बहादुर केसी, करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईं,नेपाल मार्शल आर्टश हाप्किडो संघका अध्यक्ष एबम् अखिल नेपाल खेलकूद महासंघका महासचिव काली बहादुर घर्ती मगर लगायतले एक बिशेष कार्यक्रम बिच खादा-माला , अबिर लगाएर बिदाई गरेकाछन भने नेपाली टोली बुधवार स्वदेश फर्कने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार