गुप्टिलले बनाए अविजित १८० रन, न्यूजिल्याण्ड विजयी

  Manaslu Post  758 पटक हेरिएको

१८ फागुन, काठमाडौं । मार्टिन गुप्टिलको आक्रामक पारीसँगै न्यूजिल्याण्डले चौथो एकदिवसीय क्रिकेटमा दक्षिण अफि्रकालाई ७ विकेटले हराएको छ । यससँगै पाँच म्याचको सिरिजमा २-२ को बराबरी भएको छ ।

दक्षिण अफि्रकाले प्रस्तुत गरेको २८० रनको लक्ष्य न्यूजिल्याण्डले ४५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर गुप्टिलले अविजित १८० रनको पारी खेले । १३८ बलको सामाना गरेका उनले १५ चौका र ११ छक्का हानेका थिए । रोस टेलरले ६६ रन बनाए भने केन विलियम्सनले २१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफि्रकाले ५० ओभरमा ८ विकेट गुमाएर २७९ रन बनाएको थियो । उसका लागि एबी डिभिलियर्सले ७२ रन बनाए भने फप डुप्लेसिसले ६७ रनको योगदान दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार