डोटी, हुम्ला, जुम्ला र मुुगुमा हिमपात

  Manaslu Post  2157 पटक हेरिएको

काठमाडौँ । गएरातिदेखि परेको हिमपातका कारण डोटी, हुम्ला, जुम्ला, मुुगु, अछाम, बाजुरालगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको छ भने यातायात अबरुद्ध भएका छन् । स्थानिय वासिन्दा चिसो बढेपछि घरभित्रै बस्न बाध्य भएका छन् ।

बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ ।

हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै नसकिएको बताइएको छ । आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेरा धुरालगायत ठाउँमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।जिल्लाका उच्च लेकाली क्षेत्र अर्थात् पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदेबाली सप्रिने भएकाले किसान भने खुशी छन् । हिमपातका कारण चिसो बढेकाले आफ्नो स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यसैगरी, हिमपातले हुम्लाको सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । आइतबार रातिदेखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा जाडो निकै बढेको छ ।तस्बिर । रासस

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार