धादिङमा व्यावसायिकरुपमा अलैँचीखेती गर्न सुरु

कल्पना थापा धादिङ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् ।बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् । जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि अलैँचीखेती हुने भएपछि उत्तरी धादिङको झार्लाङ र रि का किसान य...

होटल भन्दा महंगा नेपालका ११ रिसोर्ट

काठमाडौं । होटल भन्ने वित्तिकै सुविधा सम्पन्न पाँच तारे होटल झट्ट सोच्ने गरेका छौ । तर विगत देखिको इतिहास हेर्ने हो भने पाँच तारे होटलभन्दा बढी लगानी गरेर खोलिएका सुविधा सम्पन्न रिसोर्टहरु महंगा र सुविधायुक्त छन् । नेपालमा पछिल्लो समय तारे होटल भन्दा पनि पर्यटक स्तरका रिसोर्टहरु खुल्नेक्रम झनै बढ्दै गएको छ । नेपालमा पाँच तारे होटलका भन्दा पनि बढी सेवा सुविधा दिएर खुलेका रिसोर्टहरु पुराना र नयाँ...

हिमाली जिल्ला मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा बाहिरने

  दशैंतिहारमा हिमाली जिल्लाबाट करिव २५ हजार भेडाच्याङ्ग्रा बाहिरने भएका छन् । प्रयाप्त चरन, कोरला नाकामा सहजै पहुँच, बजार मुल्य, जिल्ला पशुसेवा कार्यालयको नियमित प्राविधिक सहित अनुदान सहयोगले भेडापालनमा आर्कषित भएका मुस्ताङबासी गतबर्षको तुलनामा धेरै भेडाच्याङ्ग्रा विक्री गर्ने भएका छन् । चाडपर्वको रौनकता सुरू भएसंगै धौलागिरि अञ्चलका साथै कास्की, चितवन, काठमाण्डौ लगाएत देशका विभिन्न जिल...

एडीविले नेपाललाई १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने

भदौ, २५ काठमाडौँ ।एशियाली विकास बैंकले नेपाललाई १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ।बैंकले उक्त रकममध्ये करिब  २१ लाख अनुदान प्रदान गर्ने भएको हो।विधुत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गरेका छन्। यसैगरी परियो...

मनाङको अर्गानिक आलु काठमाडौँ भित्रिने

बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ । मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन । जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थाले । हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात छ । नेपालमा अर्गानिक खेती हुने जिल्लामध्ये मनाङ अग्रपंक्तिमा पर्छ । यहाँको प्रमुख बालीमध्ये...

३० म्यानपावरमाथि कारबाही

भाद्र २१, २०७४-वैदेशिक रोजगार विभागले हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही गरेको छ । विभागले बढी लागत खर्च लिने ५ वटा म्यानपावरको कामकारबाहीमा रोक लगाएको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेका अनुसार शून्य लागतको अवस्था पत्ता लगाउन विभागले मागेको हिसाबकिताब नबुझाएका म्यानपावरलाई कारबाही गरिएको हो । ‘स्पष्टीकरण नबुझाउनेलाई एक लाख र स्पष्टीकरण बुझाउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरी सचेत गर...

दाङमा चैते धान खेतीमा आकर्षण, दुई वालीले उत्पादन बढ्दै

६-साउन / बर्षमा दुई पटक गरिने धान खेती दाङमा सफल बन्दै गएको छ । राजपुर गाउँपालिका गुरुङखोलाका किसान लालबहादुर बुढाले चैते धान खेती गर्न थालेको दुई बर्ष भएको छ । प्रशस्त पानी हुने ठाउँमा चैते धानको सफल उत्पादन भए पछि जिल्लाका विभिन्न स्थानमा यो धान खेती गर्ने किसानहरु थपिदै जान थालेका छन् । गुरुङ खोलाका किसान बुढा सहित त्यस भेगका किसानहरुले यो बर्ष २२ हेक्टर क्षेत्रफलमा चैते धान लगाएर अहिले भित्...

राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने

नेपाल राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटहरुलाई संकलन गरेर राख्न नयाँ प्रर्दशनी कक्ष निर्माण गर्न लागिएको जानकारी दिनु भएको हो । उहाँले तत्कालीन परिवेशलाई झल्काउन समेत नोट संकलनको कामले सघाउ पुर्याउने भएकाले रुपैंयाँ÷पैसा संकलनको काममा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । शुक्रबार नेपाल फिला...

बौद्धनाथ विकासको लागि बजेट सार्वजनिक

असार १९, काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४/७५ का लागि रु आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु ३ करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ रु ४ करोड ६६ लाख विनियोजन गरेको छ । गत वर्षको मौज्दात रु २ करोड रहेको र टिकट बिक्रीबाट मात्र रु ६ करोड ५० लाख आम्दानी हुने तथा सटर बहालबाट रु ४ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ । पुरातात्विक, धार...

ग्यास, पेट्रोल र डिजेलको मूल्य घट्यो

 नेपाल आयल निगमले एल.पी ग्यास, पेट्रोल र डिजेल मूल्य घटाएको छ । निगमले  अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गर्न मूल्य घटाएको हो । निगमका अनुसार ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ घटेको छ । ग्यास यसअघि प्रति सिलिण्डर १३ सय ७५ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।  अब १३ सय ५० रुपैयाँमा ग्यास बिक्री हुने भएको छ । यस्तै पेट्रोल र डिजेलमा प्रति लिटर २ रुपैयाँ घटेको छ । पेट्रोल यसअघि प्रति लि...