एडीविले नेपाललाई १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने

  मनास्लु पोष्ट  822 पटक हेरिएको

भदौ, २५ काठमाडौँ ।एशियाली विकास बैंकले नेपाललाई १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ।बैंकले उक्त रकममध्ये करिब  २१ लाख अनुदान प्रदान गर्ने भएको हो।विधुत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गरेका छन्।

यसैगरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरेका छन् ।उक्त परियोजनाअन्तर्गत काठमाडौँ उपत्यकाको विधुत वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार