नेपाल आयल निगमले एल.पी ग्यास, पेट्रोल र डिजेल मूल्य घटाएको छ । निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गर्न मूल्य घटाएको हो ।
निगमका अनुसार ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ घटेको छ । ग्यास यसअघि प्रति सिलिण्डर १३ सय ७५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । अब १३ सय ५० रुपैयाँमा ग्यास बिक्री हुने भएको छ । यस्तै पेट्रोल र डिजेलमा प्रति लिटर २ रुपैयाँ घटेको छ ।
पेट्रोल यसअघि प्रति लिटर १ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो । अब प्रतिलिटर ९८ रुपैयाँमा बिक्री हुने भएकोछ । यस्तै डिजेल प्रतिलिटर ७६ रुपैयाँमा बिक्री हुँदै आएको थियो । जिडेलको मूल्य प्रतिलिटर ७४ रुपैयाँ कायम गरिएको छ ।
यस्तै मट्टितेल लिटरमा २ रुपैयाँ घटेर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यस अघि मट्टितेल प्रतिलिटर ७६ रुपैयाँ रहेको थियो । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो । हवाई इन्धन आन्तरिक प्रतिलिटर ८२ रुपैयाँ कायम भएको छ । घटेको मूल्य आइतबार राति १२ बजे देखि लागू हुने निगमले जनाएको छ ।

854 पटक हेरिएको 

