गायिका कनिकाविरुद्ध कोरोना फैलाएको मुद्दा

मुम्बई । बलिउडकी चर्चित गायिका कनिका कपुर आफ्नो कोरोना संक्रमण (कोभिड १९)को उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी छन् । आफ्नो गृहनगर लखनउको पीजीआई अस्पतालमा उनले कोरोना संक्रमणको उपचार गराएकी हुन् । उनी अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी छन् । उनको कोरोनासन्धी पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि अस्पतालले उनलाई घर पठाएको हो । यी गायिकाले अस्पतालबाट छुट्न नपाउँदै अदालतको समस्या भोग्नुपरे...

कोरोनाले ग्रस्त बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा भर्ना

काठमाडौं :  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनी होसमै रहेको जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोन्सनलाई सोमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना हुनुअघिसम्म...

अमेरिकामा कोरोनाको त्रास बढ्दो, इटाली र स्पेनमा उस्तै छ महामारी

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ का कारण यो समाचार तयार पार्दासम्म ६४ हजार ७ सय १० जनाको मृत्यु भएको छ भने २ लाख ४६ हजार ४ सय ९ जना उपचारपछि ठिक भएका छन् । यसैगरी यो समाचार तयार पार्दा विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघिसकेको छ । जसमा ८ लाख ९० हजारभन्दा बढी अहिलेपनि कोरोनाको उपचार गराइरहेका अर्थात् एक्टिभ केसहरु छन् । विश्वभर ४२ हजार भन्दा बढी कोरोना संक्रमितको अ...

बलिउडका पाँच अभिनेत्रीले गरे आर्थिक सहयोग

मुम्बई । भारतीय अभिनेताले मात्र कोरोनाविरुद्ध सहयोगका लागि स्थापित प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा यसअघि सहयोग गरेका थिए । तर, यतिबेला भारतीय अभिनेत्रीहरूले पनि धमाधम सो कोषमा आर्थिक सहयोग गरेका छन् । आर्थिक सहयोगमा सुरुमा अभिनेत्री प्रियंका चोपडा देखिइन् । उनले ट्वीट गर्दै आफूले प्रधानमन्त्री राहत कोषमा कोरोना भाइरसविरुद्ध आर्थिक सहयोग प्रदान गरेको बताइन् । तर, आफूले कति रकम प...

गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ

काठमाडौं, चैत्त १८ गते । कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ । गायिका कपूर भर्ना गरिएको लखनऊस्थित पीजीआई अस्पतालका निर्देशक आर के धिमानले स्वास्थ्यमा सुधार देखिएपनि अझै संक्रमण रहेको बताउनुभयो । गम्भीर लक्षण नदेखिएको र उहाँको स्वास्थ्य निरन्तर सुधारोन्मुख रहेको निर...

सलमानद्वारा २५ हजार सिने मजदुरलाई आर्थिक सहयोग

मुम्बई । बलिउड अभिनेता सलमान खानले भारतमा लकडाउनको अवधिभरि २५ हजार सिने मजदुरलाई पाल्ने जिम्मा लिएका छन् । विगत तीन सातायता बलिउडमा सम्पूर्ण फिल्म, टेलिफिल्म तथा अन्य सुटिङ रोकिएपछि दैनिक ज्यालादारीमा काम गर्ने ५०औं हजार मजदुर बेरोजगार भएका छन् । तीमध्ये २५ हजार सिने मजदुरको आर्थिक अवस्था निकै नाजुक भएको मुम्बईमा कार्यरत सिने मजदुरहरूको संस्था ‘पश्चिम भारत सिने कर्मचारी संघ’ले जनाएको छ । छाय...

कोरोना संक्रमित हलिउड कलाकार घर फर्किए

लस एन्जलस् । हलिउडका विश्व प्रख्यात अभिनेता टम ह्यांक्स र उनकी पति एवम् अभिनेत्री रिटा विल्सन स्वास्थ्य भएका छन् । दुई साता लामो अस्पतालको उपचारपछि आफुहरु घर फर्किएको यी दम्पत्तिले बताएका छन् । अभिनेता टमले आफुहरुको उपचारमा रात दिन खटेका अष्ट्रेलियाको गोल्ट कास्ट अस्पतालका चिकित्सक र नर्सलाई धन्यबाद ज्ञापन गरेका छन् । चार्टर प्लेनमार्फत अष्ट्रेलियाबाट अमेरिका फर्कँदै गर्दा उनले धन्यबाद ज्ञापन ग...

कोरोना संक्रमित गायिका कनिकाको रिपोर्ट पोजिटिभ

काठमाडौं । नोवल कोराना (कोभिड १९) भाइरस संक्रमित भारतीय गायिका कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटीभ’ आएको छ । कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफ्नो रिपोर्टमा गडबडी भएको आशंका गरेकी थिइन् । दोस्रो रिपोर्टमा गलत उमेर उल्लेख भएपछि कनिकाले रिर्पोट गलत भएको आशंका गरेकी थिइन् । तर, तेस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएपछि उनी कोरोना संक्रमित रहेको पुनःपुष्टि भएको हो । लण्...

कोरोनाका कारण इटलीमा २४ घण्टामा ७४३ जनाले गुमाए ज्यान

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिदिएको छ । बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने स...

छोरी भन्दा आमा तरुनी…

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका आमा छोरी अहिले सामाजिक सञ्जालमा चर्चित बनेका छन् । उनीहरुलाई सौन्दर्यले चर्चामा पु-याएको हो । जेलिन डियाज र उनकी छोरी मिलानी हेर्दामा उस्तै देखिन्छन्, जबकी उनीहरुको उमेर २४ वर्ष फरक छ । इन्स्टाग्राममा उनीहरुको तस्विर हेर्नेहरु मध्ये कतिपयले ‘दिदी बहिनी’ भनेर टिप्पणी गर्ने गरेका छन् । १९ वर्षकी छोरी र ४३ वर्षकी आमाले पोज दिएर फोटो पोस्ट गर्ने गरेका...