पाकिस्तानकी प्रसिद्ध गायिका कुर्रातुलाइन बलोच भालुको आक्रमणमा घाइते भएकी छन् । बिहीबार राति, उनी गिलगिट-बाल्टिस्तानको प्रसिद्ध देओसाई राष्ट्रिय निकुञ्जमा आफ्नो टोलीसँग क्याम्पिङ गरिरहेकी थिइन् । उनी आफ्नो पालमा थिइन्, अचानक एउटा ठूलो हिमालयन खैरो भालु उनको पालमा पस्यो । जब उनी ठूलो स्वरमा चिच्याइन्, उनका कर्मचारी, वन्यजन्तु अधिकारीहरू र केही होटल कर्मचारी तुरुन्तै त्यहाँ पुगे । ...
पाकिस्तानकी गायिका बलोचलाई बसेकै ठाउँमा भालुले गर्यो आक्रमण
