प्रति केजि १० लाख पर्ने केशर खेती गर्ने कि ?

उद्गम स्थल दक्षिण यूरोपमा रहेको केशरको माग दिन प्रतिदिन बढ्दो छ । यसलाई विश्वकै महँगो र दूर्लव कृषि उपजको रुपमा लिईन्छ । प्रति के.जि १० लाखमा बिक्रि हुने केशर नेपालमा भने पर्याप्त मात्रामा उत्पादन भएको पाईदैन । नेपालको पछिल्लो तथ्याङ्क हेर्ने हो भने ७ देखि १० केजि सम्म केशर उत्पादन भएको पाईन्छ । हाल केशरको खेती गर्दै आएका देशहरुः स्पेन, फ्रान्स, इटाली, ग्रीस, टर्की, भारत, चीन, जापान । केशरको उपय...

मह शिकारको याम : मह खोज्दै भिर भिरमा (भिडियाेसहित)

https://www.youtube.com/watch?v=nQiT2ExiVsc&t=4s म्याग्दी । म्याग्दीका अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ । मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन् । तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ । भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ...

काँक्रोको तितोपना यसरी नष्ट गरौं

काठमाडौं । कुकुरबिट परिवारमा पर्ने काँक्रोमा एक प्रकारको तत्व पाइन्छ जसको कारण काक्रो तितो हुन्छ। सो तत्व हो कुकुरबिटासिन्स। यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुनेगर्छ। प्राय काँक्रोमा यो तत्व बढी हुँदा फल नै तितो हुनेगर्छ। किन तितोपना बढ्छ ? अत्याधिक ताप तथा गर्मि मौसममा ताप बढ्नेहुँदा तापीय असरले गर्दा काक्रोमा तितोपना बढ्छ। अनियमित पानीको मात्रा लामो, समयसम्म खडेरी ...

मकैको जुँगा खाँदा फाइदै फाइदैः कसरी सेवन गर्ने ?

संसारका प्रमुख तीन अन्नबालीहरूमध्येको एक हो मकै । चामल, गहुँपछिको मुख्य अन्नबालीमा पर्दछ मकै । इतिहास खोतल्दै जाने हो भने मानिसले खेतीपाती गरेका अन्नहरूमध्ये सम्भवतः मकै नै सबैभन्दा जेठो पर्न आउँछ । मेक्सिकोको पुरातात्विक महत्वका गुफाहरूमा फेलापरेको मकैको खोयाको अवशेषका आधारमा वैज्ञानिकहरू के विश्वास गर्छन् भने आजभन्दा ७ हजारदेखि १० हजार वर्षपहिलदेखि नै मानिसहरूले मकैको खेती गर्न थालेको हुनुपर्छ...

कालो धान खेती गर्ने कि ? फाइदै फाइदा छ ।

कालो धान अर्थात ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता कालो धानमा रहेको कृषि विज्ञ केदार बुढाथोकी बताउनुहुन्छ । अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण कालो चामलको भात पचाउन सकिँदैन । पकाउनुअघि दुई घन्टा भिजाएरमात्रै पकाउनुपर्ने र भिजाएको पा...

चितवनका पशुपालक किसान असन्तुष्टः सडकमै दूध पोखेर बिरोध

चितवन । दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको अवस्थामा किसानले उत्पादन गरेको दूधको मूल्य घट्टै गएपछि किसानहरुले सडकमै दूध पोखेर बिरोध जनाएका छन् । किसानहरुले उत्पादन गरेको दूध संकलन गर्ने कम्पनीले दूधको मूल्य घटाएकाले चितवनका पशुपालक किसानहरु असन्तुष्ट बन्दै दूध पोखेर बिरोध गरेका हुन् । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले असार १५ गतेदेखि किसानलाई दिने दूधको मुल्यमा प्रत...

सुर्यमुखी खेती गर्ने तरिका

 1. यो बालीको नामकै बारेमा प्रांरभिक जानकारी पाईन्छ कि ? परापूर्वकाल फुलको रुपमा लगाईएको आलंकारिक विरुवा हो । सूर्यतिर फर्केर फुल्ने हुनाले सुर्यमुखी भनिएको हो । फलमा भएको वीउबाट तेल निकाली प्रयोग हुने भएकाले महत्वपूर्ण नगदे बालीका रुपमा  लोकप्रिय छ ।  2. नगदे बालीका रुपमा यसको कस्तो महत्व छ ? यो वालीको वीउमा ४५–५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित ...

यसरी गरौं टर्की पालन

टर्की मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस (Galliformes)  अन्तर्गतको दुई जाति (species) एग्रोचारिस वा मेलाग्रिस वासिलाट (Agrocharis  or Melagrias ocellata )  र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । यसको विकास मेक्सीकोवाट भएको हो त्यसपछि तुरुन्तै ...

आँपको मूल्य नपाएपछि किसान निरास

बर्दिबास, ३२ असार (रासस) ः महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा रु १० प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो छ । “आँप त ठीकै फलेको हो” बर्दि...

बेसारको खेती कसरी गर्ने ?

बेसार जिन्जिबेरसी (Zingiberaceae) परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।बेसार्मा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ हो। बेसार्क...