धार्मिक पर्यटकको स्वर्णभूमि प्युठान स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरूमध्ये एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। सदरमुकाम खलंगा बजारबाट करिब २६ किलोमिटर टाढा पश्चिम उत्तर करिब ६९६० फिटको उचाइमा रहेको यो एक पहाडी लेक हो । यहा...

एक पटक पुग्नै पर्ने मनमोहक र रमणीय स्थल रोल्पाकाे जलजला

रोल्पा — सदरमुकाम लिबाङबाट पैदल एक घण्टा दूरीको प्रसिद्ध जलजला धार्मिक पर्यकीय गन्तव्य बनेको छ । सडक मार्गबाट जलजला पुग्न थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ । प्रत्येक वर्ष तीनपटक नियमित वराह पूजा हुने उक्त क्षेत्र भौगोलिक रूपमा मनमोहक र रमणीय छ । जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ । साबिक थबाङ, जेलबाङ, धबाङ, मिरुल र उवा गाविसको केन्द्रमा रहेको त्यहाँ केही महिना हिउँ पर्छ । हिउ...

जाने हाेर्इन त रुकुम (पश्चिम)को सुन्दर स्यार्पुताल

रुकुम (पश्चिम)को स्यार्पुताल कर्णालीका सुन्दर तालमध्ये पर्छ । बजारको सधैँको कोलाहल, हिलो, धुलो र धुँवाबाट रिफ्रेस हुने गतिलो गन्तव्य बनेको छ, स्यार्पुताल । सदरमुकाम मुसिकोटसँग जोडिएको बाफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको यो ताल विशेष गरी बर्खायाममा हेर्नलायक हुन्छ । यो दुई दशमलव ६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । भदौदेखि असोजसम्म निकै सुन्दर देखिन्छ । र, यो वेला पर्यटक पनि प्रशस्त आउँछन् । त्य...

गोसाइँकुण्डमा तीर्थयात्रीको भीड

रसुवा, ९ भदौ । भगवान् शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्डमा यही भदौ ६ गते पुत्रदा एकादशीदेखि लागेको विशेष मेला भर्न हजारौँ हजार भक्तजन आज निलाद्री पर्वत पुगेका छन् । पौराणिक कथनअनुसार समुन्द्र मन्थन गर्दा कालकुट विष निस्केको र त्यो विष छोडीदिँदा सम्पूर्ण चराचर प्राणीजगत् नै नष्ट हुने भएकाले सबैको रक्षाका लागि शङ्कर भगवान्ले विषपान गरी घाँटीमै राखेर प्राणी जगत्लाई रक्षा गर्नु भएकाले मा...

एक महिनामा बीस करोड राजश्व सङ्कलन

काठमाडौँ, ९ भदौ । चालु आर्थिक वर्षको एक महिनामा पर्यटन विभागले रु २० करोड राजश्व सङ्कलन गरेको छ । गत आवमा विभागले आव २०७४/०७५ मा रु एक अर्ब तीन करोड सात लाख ८९ हजार ७२९ राजश्व उठाएको थियो । आव २०७३/०७४ मा रु ६६ करोड ७४ लाख ८० हजार ४९ बराबरको राजश्व सङ्कलन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हालै विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आव २०७२/०७३ मा रु ६० करोड ४९ लाख ९२ ह...

तिम्बुपोखरी महोत्सवको तयारी

पाँचथर – पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुपोखरी र आसपासका क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यका साथ तिम्बुपोखरी महोत्सवको तयारी सुरु भएको छ । प्राकृतिक रुपमा सुन्दर रहेको उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी महोत्सव हुन लागेको हो । पछिल्ला वर्षहरूमा चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागी ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो ।...

हवाई क्षेत्रको विस्तार गर्न माग

काठमाडौँ, ३१ साउन । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विस्तार गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा आज नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्न माग गरेको हो । नाट्टाले...

१५ हजार यात्रु गोसाइँकुण्ड पुग्ने

रसुवा, २८ साउन । यस वर्षको गोसाइँकुण्ड मेलामा १५ हजारभन्दा बढी भक्तजन आगमन हुने लक्ष्य राखिएको छ । मेला जनैपूर्णिमाका अवसरमा आगामी भदौ १० गते लाग्ने छ । नुवाकोटको बाटोमा सुधार आइसकेको र रसुवाको सडकमा आउनसक्ने पहिराको अवरोध हटाउन तीन स्काभेटरसहितको उपकरण तयारी अवस्थामा राखिएको छ । कतै पहिरो आइहाले एकाध घण्टामै व्यवस्थापन हुने रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । यसैबीच गोसाइ...

ऐतिहासिक एवं पर्यटकिय स्थल लिगलिगकोटमा अन्तराष्ट्रिय स्तरको संग्राहलय बन्दै

गोरखा : ऐतिहासिक एवं पर्यटकिय स्थल  गोरखा, पालुङ्टारको लिगलिगकोटमा अन्तराष्ट्रिय स्तरको संग्राहलय बन्ने भएको छ । पहिलो चरणमा प्रदेश सरकारले संग्राहलय बनाउनको लागि गुरुयोजना तयार पार्न बजेट समेत विनियोजन गरेको गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङका स्वकिय सचिव आरके पोखरेलले जानकारी दिएका छन । ऐतिहासिक ठाउँ लिगलिगकोटको छुट्टै महत्व छ’ उनले भने ‘पहिले यसको गुरुयोजना बन्छ। अनि नेपाल एकिकरणको इतिहा...

संसारको साताै अग्लो धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दी,  साउन : संसारको साताै अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य धु्र...