सगरमाथा आरोहण खुला, ८ सदस्यीय शेर्पा टोली चुचुरोमा

काठमाडौं । यो सिजनको पहिलो सगरमाथा आरोहीको टोली शिखरमा पुगेको छ । आरोहीहरुका लागि बाटो बनाउँदै अघि बढेको शेर्पा टोली अपरान्ह पौने दुई बजे चुचुरोमा पुगेको पर्यटन विभागले पुष्टि गरेको छ । सगरमाथा आरोहणका लागि अनुमति लिएर गएका स्वदेशी तथा विदेशी टोली एक डेढ महिनादेखि आधार शिविरमा बसिरहेका छन् । आरोहण सुरु हुनु अघि डोरीसहित गएका शेर्पाले बाटो बनाउने गर्छन् । दोलखाका शिद्धिवहादुर तामाङको नेतृ...

सगरमाथा आरोहणमा आकर्षण बढेसँगै आधार शिविरमा घुइँचो

सोलुखुम्बु, वैशाख २७ गते । नेपाल तथा विश्वका विभिन्न देशबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल आरोहण गर्नका लागि आएका टोली सगरमाथाको आधार शिविरमा प्रवेश गर्न थालेपछि यतिखेर आधारशिविर खचाखच भएको छ । यस वर्ष विभिन्न देशका विदेशी तथा स्वदेशी ५५६ जना आरोही सगरमाथालगायतका हिमाल आरोहण गर्न आधार शिविरमा भेला भएका हुन् । पर्यटन विभागबाट हालसम्म अनुमति लिएकामध्ये सगरमाथा आरोहणका लागि विदेशी ३५ समूहब...

सगरमाथाको बेसक्याम्पमा भेटियो ४ वटा शव

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफाइका क्रममा ४ वटा शव भेटिएको छ । सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइ गर्दा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो । बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले ज...

गन्तब्य दोरम्बा महोत्सवमा भिटोफका पर्यवेक्षकलाई नागरिक अभिनन्दन

डिएन घिसिङ । साँस्कृतिक र प्राकृतिकरुपले भरिपुर्ण रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका स्थीत दोरम्बा पर्यटन गाउलाई पहिलो पटक गाउँ पर्यटन प्रबर्द्धन मन्च (भिटोफ)को आयोजनामा “गन्तब्य दोरम्बा तथा साँस्कृतिक महोत्सव–२०७६”सम्पन्न भएको छ । “गरौ तयारी धुमधाम, पाहुनालाई गराऔ घुमघाम” भन्ने मुल नाराका साथ स्वदेशी तथा बिदेशी पर्यटकको आगमनलाई दोरम्बा बजारमा बैशाख १२गते स्थानीय नागरिक समाजले बिभिन्न झाकी सहि...

हिमाल आरोहीबाट २५ करोड बढी रोयल्टी

काठमाडौँ  । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । छयालीस आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाध...

खुम्बु क्षेत्रकाे मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटक बढे

सोलुखुम्बु, चैत ९ गते । हिमाली क्षेत्रमा चिसो कम हँुदै गएपछि सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा पर्यटकको आगमनले गति लिन थालेको छ । मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकको आगमन ह्वात्तै बढेकोे हो । पदमार्ग तथा हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्...

पर्वतारोही पिके शेर्पा र सोनाम शेर्पा सातै महादेशको अग्लो हिमाल आरोहण गर्ने तयारीमा

काठमाडौं । पर्यटन व्यवसायी एवं पर्वतारोही पिके शेर्पा र उहाँका १४ वर्षीय छोरा सोनाम शेर्पा एकैचोटी विश्वका सातै महादेशको सबैभन्दा अग्लो हिमाल आरोहणको तयारीमा जुटेका छन । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)द्धारा शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित एक समारोहबीच वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बावुछोराको उक्त अभियानको औपचारिक उद्घाटन गरेका थिए । जलवायू परिवर्तनको नकारात्मक असर न्यूनि...

पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा

अमरगढी : समुचित संरक्षण नपाएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित अजयमेरु गाउँपालिका–५ देवलदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँ ओझेलमा पर्न थालेका हुन् । जिल्लाकै प्रसिद्ध देवल मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निक...

पर्यटनबोर्डमा रहस्यमय मनास्लु फोटो प्रदर्शनी

काठमाडौ । नुव्री फोर सिजन रिसोर्ट प्रा.लिको आयोजनामा musti manaslu रहस्यमय मनास्लु फोटो प्रदशनी पर्यटनबोर्ड भृकुतीमण्डप काठमाडौमा सम्पन्न भएको छ । लाक्पा डुण्डुप लामाको अध्यक्षतामा undpका राष्ट्रिय निर्देशक रिनाड मेयरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरु एन एम एका अध्यक्ष सन्तविर लामा,क्यानोनिङ्गका अध्यक्ष राजेन्द्र लामा, चुम कल्यान समितिका अध्यक्ष निमा लामा, फोटो ग्राफर जगदिस तिवा...

म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति शुरु

म्याग्दी  । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । मङ्गला गाउँपालिकाले सिमदेखि कोत्रवाङ, खुम्ल्याह, पैयुँपाटा, कुहूँ, पूर्णगाउँ हुँदै समुन्द्रि सतहदेखि २ हजार २०० मिटरको उचाइमा अवस्थित टोड्के जोड्ने सडक स्तरोन्नतिको काम शुरु गरेको हो । सिमदेखि अधेरीखोला र अधेरीखोलादेखि टोड्के दुई खण्डमा सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, घुम्ती तथा मोड सुधार गर्न लागिएको सिम कोत्रवाङ ...