धुलाचौर बाजुरा — छेवैमा नीलो रंगमा सलल बगिरहेको शान्त कर्णाली नदी । त्यही किनारमा हुम्ला, मुगु र बाजुराका फाग, पयानु, नेजा, चाँड्ची, रनपुतली, छैठ, देउडा, चम्पा नाच, हुड्केउली, चाली, भोटे सेलोका परम्परागत झाँकी, स्थानीय वेशभूषा र यस क्षेत्रका कलासंस्कृतिहरूको प्रस्तुतिले कर्णाली सभ्यतालाई एउटै मञ्चमा उतारेको छ । पूर्वोत्तरमा पर्ने बाजुराको कुण्डा क्षेत्रमै पहिलो पटक यसरी एकै थलोमा एकै साथ स्था...
कर्णाली महोत्सवको रौनक
