परम्परागत घुमाउने घर हराउँदै

तनहुँ । तनहुँमा परम्परागत ‘घुमाउने घरहरू लोप हुँदै जान थालेका छन् । केही वर्ष अघिसम्म जिल्लाका दरै बस्तीहरूमा बाक्लै देखिने यस्ता मौलिक घरहरू अचेल फाट्टफुट्ट मात्रै देख्न पाइन्छ । गाउँ–गाउँमा सडक सञ्जाल पुगेसँगै इँटा, सिमेन्ट र जस्तापाताको प्रयोग बढेपछि दरै जातिको वास्तुकलाको नमुना मानिने यी घरहरू इतिहासमा सीमित हुने खतरा बढेको हो । व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेत ...

ग्याल्पो ल्होसार आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, फागुन ६ गते । शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान ...

९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२ काठमाडौमा हुँदै

काठमाडौ । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा ९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२ को नवौं संस्करण तथा वृहत सांस्कृतिक कार्यक्रम यहि पौष १९ गते शनिवार राष्ट्रिय नाचघर जमलमा काठमाडौमा हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित मनास्लु राष्ट्रिय अवार्डको नवौ संस्करणको नोमिनेशनमा यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल...

जनकपुरधाममा छठ पर्वको तयारी सुरु

धनुषा । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराइमा छठको छुट्टै महत्व रहेको नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा.भोगेन्द्र झाले बताउनुभयो । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको जनकपुरधामका गङ्गासागर, ...

खुला आवागमनले राउटे समुदाय असुरक्षित

सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिका–९ को चौरासेको राउटे बस्तीमा मदिरा सेवन गरी होहल्ला गर्ने एक युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले ती युवकमाथि अनुसन्धान गरिरहेको छ । शुक्रबार राति राउटे समुदायको बस्तीमा मदिरा सेवन गरी एक युवक प्रवेश गरेका थिए । बस्तीमा होहल्ला गरेपछि राउटे समुदायका युवाले ती युवकलाई नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीको जिम्मा लगाएका थिए । यो एउ...

थारू समुदायको ‘बर्का नाच’ सङ्कटमा

दाङ । थारू ‘बर्का नाच’ सङ्कटमा पुगेको छ । पश्चिम नेपालका थारू समुदायको एक मात्र बर्का नाच आर्थिक अभावले अहिले सङ्कटमा पर्दै गएको हो ।  विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा नाचिने बर्का नाच अहिले दाङमा मात्रै सिमित छ । त्यो पनि जिल्लाकै एउटै गाउँमा कहिले काहीँ मात्र नाचिने अवस्था आएको छ । थारू समुदायमा चाडपर्व अनुसार नाचिने महोत्या, मघौटा, छोक्रा, हुरडुंग्या, झुम्रा, लठ्ह्वा, ...

९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२को नोमिनेशन फारम खुल्ला

काठमाडौ । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा ९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२ को यहि असोज १ गतेदेखि नोमिनेशन खुल्ला गरिएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित मनास्लु राष्ट्रिय अवार्डको नवौ संस्करणको नोमिनेशनमा यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु सा...

मिथिलामा शुरु भयो पितृपक्ष

महोत्तरी : मिथिलामा भाद्र पूर्णिमाकै दिन पितृपक्ष शुरु भएको छ। आश्विन कृष्ण पक्षलाई पितृपक्ष मानिए पनि यहाँ देव-ऋषिलाई तर्पण गरी पितृपक्ष शुरु गर्न लागिएको हो। ‘मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन हातगोडाका नङ र कपाल काट्ने विधि (नौकेश) देवर्षिलाई पहिलो आमन्त्रणा गरी भाद्र पूर्णिमाकै दिन तर्पण दिइन्छ’, महोत्तरीको बर्दिबास-२ का पण्डित महेशकुमार झा भन्छन्, यससँगै पितृपक्ष शुरु भएको मान...

आगामी भाइटिकामा ‘सोल्टिनी’ रिलिज हुने

काठमाडौं । चलचित्र ‘सोल्टिनी’ अब आगामी भाइटिकाको अवसर पारेर ६ कात्तिकमा रिलिज हुने भएको छ । यस अघि यो चलचित्र संविधान दिवसको अवसरमा ३ असोजमा रिलिजको घोषणा गरिएको थियो । तर ३ असोजमा ‘जारी २’ रिलिज हुने भए पछि यो चलचित्र ६ कात्तिकमा रिलिज मिति घोषणा गरिएको हो । चलचित्र निर्माणको जिम्मा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको टिमले लिएको छ । यसको कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लाग...

गौरा पर्व : बिरुडा धोइ न्वालाको गौरा मनाइँदै

डडेल्धुरा, भदौ १३ गते । सुदूरपश्चिमको मौलिक पर्व गौराको शुक्रबार दोस्रो दिन गंगा गौराको रुपमा न्वालको गौराको पूजाआजा गरी मनाइँदै छ । यसलाई नानी अर्थात् सानी गौरा पनि भनिन्छ । गौरापर्वको दोस्रो दिन ब्रतालु महिलाहरूले नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा ‘बिरुडा’लाई धोएर मनाउँने गरेका छन । बिरुडा धोएकै ठाउँमा गौरा (माता पार्वती) को प्रतिमा बनाएर पूजा गरिन्छ । गौरा पर्वको पहिलो दिन महिल...