काठमाडौ । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार…मनास्लु पोष्टको आयोजनामा ९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२ को यहि असोज १ गतेदेखि नोमिनेशन खुल्ला गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित मनास्लु राष्ट्रिय अवार्डको नवौ संस्करणको नोमिनेशनमा यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु साहसिक हिमाल आरोही, पर्यटन गाईड, समाजसेवी, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, चलचित्र निर्देशक, सम्पादक, गीत संगीत, कलाकार, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधामा श्रष्ट्राहरुको मनोनयन गर्ने भएको छ ।
मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनको संयोजकत्वमा अवार्ड मूल समारोह समितिका साथै विभिन्न उपसमितिले मनोनयन गरेको एक विधा एक स्टार ९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२ आगामी पौष महिनामा प्रदान गरिने बताइएको छ ।
२०७४ बाट सुरु भएको मनास्लु राष्ट्रिय अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको ९औ मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांंस्कृतिक प्रस्तुति रहने छ भने बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलचित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरु अवार्ड समारोहमा सहभागिता गराउने जनाइएको छ ।