पूर्ण बुढामगर
रुकुम पूर्ब, सामाजिक तथा अार्थिक शशक्तिकरणका लागि मिक नेपाल एल.एफ.सीकाे साझेदारीमा केही ब्यक्तिकाे शेयर लगानीमा २०६६ सालदेखि संचालनमा अाएकाे नेपाली काजग उद्योग अहिले उत्पादनमा बृद्वी भई बजारकाे खाेजीमा छ ।
पूर्बी रुकुमकाे पुथा उत्तरगंगा गाउपालिका १४ नाखा गाउँकाे जामा बगरमा अबस्थित उक्त उद्योग कुल लागत तीन लाख पचास हजारमा निर्माण गरिएकाे थियाे । मिक नेपालकाे भाैतिक पुर्बाधार र सेपे चारपाते सामुदायिक बन लगायतका केही ब्यक्तिकाे शेयर लगानीमा निर्माण गरिएकाे हाे । अहिले उक्त उद्योगबाट बर्सेनि ४/५ लागकाे निर्णयत हुने गर्दछ । बर्षमा माैसम अनुसार ४/५ महिना काम हुने गर्दछ।यस बर्ष १२० कुरी (करिव २३०कि लाे) उत्पादन भएकाे छ । एक कुरीकाे रु.२५०० ले बिक्री गर्दा पनि खासै सन्टुष्ट रेट नभएकाे बताउछन् उद्योग संचालक तथा बजार ब्यबस्थापन हरी बि.क.।
शुद्ध कच्चा पदार्थ शेष बरुवा र काष्टिक साेडाबाट निर्मित उक्त कागज अहिले रुकुम पुर्ब, पश्चिम र नेपाल गंजमा निर्यात हुने गर्दछ ।अहिले उत्पादित कागज २०/३० साइज र १० ग्राम देखि ४० ग्रामसम्म निर्माण हुने गर्दछ।अहिले उक्त उद्योगमा दैनिक ४/५ जना कामदार कर्यारत छन् ।

1155 पटक हेरिएको 

