तनहुँ, भदौ १२ गते । तनहुँमा एक कृषकले पालेको गाईले खुट्टा नभएको बाच्छो जन्माएको छ । चार वटै खुट्टा नभए पनि बाच्छो जीवित रहेको छ ।
शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पाल्नुभएको गाईले बाच्छाे जन्माएको हो । अनौठो बाच्छो जन्मिएपछि हेर्नेहरू छक्क परेको कृषक गुरुङले जानकारी दिए ।

1074 पटक हेरिएको 

