
काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९ औं केन्द्रिय महाधिवेशनबाट पशुपती शर्मा अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा दिपक खड्का निर्बिरोध, प्रथम उपाध्यक्षमा सुवास केसी निर्बिरोध, सांगठनिक उपाध्यक्षमा राजु ढकाल निर्बिरोध, प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई निर्बिरोध, महिला उपाध्यक्षमा देबी घर्ती, खुल्ला उपाध्यक्षहरुमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दिपक गरौजा मगर, पुश्कल शर्मा, रबिन लामिछाने निर्वाचित भएका छन्।

त्यसैगरी महासचिवमा शिव हमाल निर्बिरोध निर्वाचित, सांगठनिक उपमहासचिवमा पिएन सापकोटा निर्वाचित, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल निर्वाचित, कोषाध्यक्षमा जुना श्रीष मगर निर्बिरोध निर्वाचित, महिला सचिवमा सम्झना लामिछाने मगर, भुगोल प्रदेश बागमती सचिवमा उषा सुबेदी निर्वाचित, भुगोल प्रदेश मधेश सचिवमा कृष्ण प्रसाद गौतम निर्बिरोध निर्वाचित, भुगोल सुदुरपश्चिम सचिवमा नवीन सिंह धामी, भुगोल गण्डकी सचिवमा प्रकाश भट्ट, भुगोल लुम्बिनी सचिवमा प्रेम शर्मा निर्बिरोध निर्वाचित, भुगोल कोशी सचिवमा बिष्णु घिमिरे निर्बिरोध निर्वाचित, भुगोल कर्णाली सचिवमा राजकुमार खत्री, उपत्यका सचिवमा सुजन लम्साल निर्बिरोध निर्वाचित, बिदेश सचिवमा सुर्य खड्का, सांगठनिक सहसचिवमा कुमार राना मगर निर्बिरोध निर्वाचित, प्रशासनिक सहसचिवमा तिलक परियार निर्बिरोध निर्वाचित, महिला सहसचिव मनमाया वाईवा निर्वाचित, बिदेश सहसचिवमा रेशम निर्दोष निर्बिरोध निर्वाचित, खुल्ला सहकोषाध्यक्षहरुमा कुमार पुन मगर र सम्झना भण्डारी निर्बिरोध निर्वाचित, महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ निर्वाचित, ३३ जना सदस्यहरुमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाई, रबी कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कबिता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार, शान्तारानी परियार, ईश्वरी प्रसाद पन्त (मदेश) निर्बिरोध, तुलसी क्षेत्री (गण्डकी) निर्बिरोध, दिपु मगर (लुम्बिनी) निर्बिरोध, बाल कुमार श्रेष्ठ (कोशी) निर्बिरोध, बासुदेब सिंखडा (बागमती) निर्बिरोध, लाल बहादुर धामी (सुदुरपश्चिम) निर्बिरोध, हरिमाया कार्की (कर्णाली) निर्वाचित, अर्जुन थापा मगर (उपत्यका) निर्बिरोध निर्वाचित, बिजय केसि (बिदेश) निर्वाचित, महेन्द्र न्यौपाने निर्वाचित हुन सफल भएका छन् ।
९ औं केन्द्रिय महाधिवेशनमा डिजिटल भोटिङ्ग अर्थात ई(भोटिङ्ग मार्फत मतदान गरिएको थियो। अध्यक्षमा पशुपती शर्मा निर्वाचित भएपछी खुशी ब्यक्त गर्दै सम्पुर्ण समर्थकहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा प्रतिष्ठानलाई अझै फलाकिलो र परिस्कृत गर्दै लैजानुका साथै लोक दोहोरी कलाकारहरूलाई आफ्नो कर्म गरी जिविकोपार्जन गर्ने वातावरण सृजना गर्ने भनी प्रतिबद्धता ब्यक्त गरेका छन्।

13 पटक हेरिएको 

