
काठमाडौं । गायक, संगीतकार, चलचित्र निर्देशक एवं संस्कृतिकर्मी मन बहादुर पुनको अध्यक्षतामा मगर सांस्कृतिक अध्ययन नेपाल स्थापना भएको छ । मौलिक संस्कृति, परम्परा, रितिरीवाज, ज्ञान, सीप, भाषा, कला जस्तो भौतिक, अभौतिक सम्पदाको संरक्षण, सम्बद्धन, अध्ययन अनुसन्धान, दस्तावेजिकरण गर्ने उद्देश्यले स्थापना भएको मगर सांस्कृतिक अध्ययन नेपालको शुभारम्भको अवसरमा राष्ट्रिय नाचघर, काठमाडौंमा डा. मीन श्रीस मगरद्धारा लिखित नेपालमा झाँक्री उपचार पद्धति र आरोग्य पर्यटन पुस्तक बिमोचन तथा मौलिक सांस्कृतिक कार्यक्रम आयाजना गरिएको थियो ।

मगर सांस्कृतिक अध्ययन नेपालमा ९ सदस्यीय कार्यसमिति रहेको छ । उपाध्यक्षमा हर्क बहादुर घर्ति मगर, सचिवमा मदन रोका मगर, कोषाध्यक्षमा यम कुमारी घर्ति मगर, सदस्यहरुमा कर्ण बहादुर बुढा मगर, गीता कुमारी बुढा मगर, रेशा पुन मगर, नविन पुन मगर र बोन प्रसाद बुढा मगर छन् ।
संस्थाले संगठन निर्माणमा जोड दिने, प्रकाशन र दस्तावेजीकरणमा जोड दिने, लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने, सरकार र राष्ट्रसंघीय नियोग युनेस्कोसँग सहकार्य गरी मूर्त र अमूर्त संस्कृतिको खोज अनुसन्धान गर्ने योजना तय गरेको छ भने प्राज्ञिक माध्यमबाट संस्कृतिको क्षेत्रमा योगदान दिने उद्देश्य संस्थाको रहेको उल्लेख छ । कार्यक्रमको प्रमुख आतिथ्यता आदिवासी जनजाती आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगरले गरेका थिए् । उनले संस्कृति जगेर्ना गर्न यो संस्थाको योगदान महत्वपूर्ण हुने बताए ।

कार्यक्रमा अदिवासी जनजाती आयोगका सदस्य माननीय डा. मीन श्रीस मगर, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन, नेपाल मगर संघ, केन्द्रीय समितिका नि. सह. अध्यक्ष तथा समाजसेवी गंगा बहादुर थापा मगर, लेखक, अध्ययन अनुसन्धानकर्ता डा. लाल बहादुर पुन मगर, समाजशात्री तथा लेखक अध्ययन अनुसन्धानकर्ता बल बहादुर घर्ती मगर, लेखक अध्ययन अनुसन्धानकर्ता माया रोका मगर, बरिष्ठ अधिवक्ता गौ बहादुर आले मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष टेक नाम्जाली मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका महासचिव होमराज खपाङ्गी मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका नि. उपाध्यक्ष, जगत बहादुर रेश्मी मगर, लेखक तथा समाजसेवी अधिवक्ता रत्न राना मगर, लेखक तथा समाजसेवी चन्द्र श्रीस मगर, अध्ययन अनुसन्धानकर्ता विवेक घर्ती मगर, अध्ययन अनुसन्धानकर्ता लाल कुमारी रोका मगर, नेपाल मगर बिधार्थी संघका केन्द्रीय समितिका अध्यक्ष, राजु पुन मगर, नेपाल मगर खेलकुद संघका केन्द्रीय समिति उपाध्यक्ष बल बहादुर थापा मगर, नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष,झलक थापा मगर, नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका उपाध्यष्क्षद्धय रोशन पुलामी मगर र दिपक थापा मगर, नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका कोषाध्यक्ष, पारु मास्की मगर, नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका सह कोषाध्यक्ष तथा थाली नाचविद् एलिजिवा पुर्जा पुन मगर, मगर उत्थान समाज, काठमाडौंका अध्यक्ष चन्द्र बहादुर थापा मगर, लाङघाली सेरोफेरो मगर समाजका काठमाडौं अध्यक्ष ओम थापा मगर, भूमे पर्व संरक्षण नेपाल, केन्द्रीय समितिका अध्यक्ष, बागलाल बुढा मगर ध्वनी सम्पादक मनोज डंगोल, पत्रकार प्रकास बराइली अभिव्यक्ती, सन्चारकर्मी राजकुमार रायमाझी, संगीत संयोजक÷सर्जक रमेस सेन्चुरी, सन्चारकर्मी राजु बोहरा, गायक÷संगीतकार भरत परियार, पर्यटन व्याबसायी÷गायक यमन माझी , अधिवक्ता यम बहादुर थापा मगर, मौलिक गायक देवीराम राना मगर, गायक, संगीतकार अमर रोका मगर, मौलिक गायिका धन कुमरी गौचन, गायक निमशितल घर्ति मगर, निर्देशक, गायक तिलक रोका मगर, गायक रविन्द्र सुनार, मौलिक गायक राम रसाइली पत्रकार विजय चाम्लिङ, मौलिक गायिका पदमा थापा मगर, लुगुम्याल समाज, काठमाडौंका अध्यक्ष, श्रीबहादुर पुन मगर, लुगुम्याल चेलिबेटी आमा समुह काठमाडौंका अध्यक्ष, सिरकुमारी बुढा मगरको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सन्चालन एकु थापा मगर गरेका थिए । डा. मीन श्रीस मगरद्धारा लिखित नेपालमा झाँक्री उपचार पद्धति र आरोग्य पर्यटन पुस्तक बिमोचन तथा मौलिक सांस्कृतिक कार्यक्रममा मगर उत्थान समाज र सेरोफेरो लाङघाली मगर समाजका कलाकारहरुबाट कौराह नाच, म्याग्दी मुदीका कलाकारहरुबाट शिरैफुले माया भाका, रुकुम पुर्वका कलाकारहरुबाट थकाने भाका प्रस्तुति भएकोथियो ।

46 पटक हेरिएको 

