काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीविरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो आह्वान गरेको हो ।
बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरू सल्बलाइरहेको भन्दै गणतन्त्रका विरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए ।
उनले गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको निस्कर्ष पार्टीको रहेको बताउए ।
प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने बताए ।