नेकपा माओवादी केन्द्रको बैठक आज सकिँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  198 पटक हेरिएको

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार सकिँदैछ।

बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकमा अध्यक्षले जवाफ दिने कार्यसूची रहेको प्रवक्ता अग्निप्रसमाद सापकोटाले जानकारी दिए। त्यसअघि बोल्न बाँकी महासचिव देव गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना कुरा राख्नेछन् ।

शुक्रबारदेखि जारी बैठकमा अरु सबै नेताहरुले धारणा राखिसकेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिइसकेपछि आवश्यक निर्णय गरी बैठक समापन हुने सापकोटाले बताए। प्रचण्डको प्रस्तावमा उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीलगायत केही नेताले प्रश्न उठाए पनि धेरैले समर्थन गरेका छन् ।

विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका थिए । तर, शर्माले भने पार्टीको जनमत घट्नुमा अध्यक्ष नै पूर्ण जिम्मेवार हुने भएकाले आफूले आत्मालोचना गर्दा प्रचण्डले पनि दोषको भारी उठाउनुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार