
काठमाडौं । नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष अधिवक्ता रक्ष बहादुर रैका मगरले आफ्नो जन्म दिनको अबसरमा एकिकृत समृद्धि नेपालका बालबालिकालाई न्यानो कपडा प्रदान गरेका छन ।

रैका मगरले आफ्नो जन्म दिनको अवसर पारेर बालगृहका बालबालिकालाई ८० हजार बराबरको २८ जोर ट्रयाकसुट सहयोग गरेका छन । उनका धर्मपत्नी रश्मी रैका मगर र छोरी रसिका रैका मगरका साथै दिदि बहिनी समुहको साथमा एकिकृत समृद्धि नेपालको बालगृहमा पुगेका रैका मगरले आफ्नो जन्मदिन बालबालिकासँगै मनाएकाथिए । उनले बिगत ४ बर्षदेखि आफ्नो जन्मदिनको अवसरमा एकिकृत समृद्धि नेपालमा रहेका अनाथ असाय बालबालिकालाई सहयोग गर्दै आइरहेकाछन ।

एकिकृत समृद्धि नेपाल, मनमैजु, काठमाडौ पुगेका दिदिबहिनी समुहले बालगृहमा रहेका बालबालिकालाई २३ हजार बराबरको २ जनालाई स्विटर, ५ जनालाई कपडा र १५ हजारको खाना सहयोग गरेकाछन ।

80 पटक हेरिएको 

