नरेन्द्रका एक्ला छोरा थिए सुलभ, जेनजी प्रदर्शनमा गुमाए ज्यान

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  60 पटक हेरिएको

२३ भदौ, नेपालगञ्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी रहेको खुलेको छ ।

काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् ।

सुलभ नरेन्द्रका एकमात्रै छोरा हुन् । बुवा नरेन्द्र अहिले साँझ ६ बजे नेपालगञ्जबाट हवाइमार्ग हुँदै काठमाडौं गएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।

सुलभ पढाइमा जेहेन्दार र मिहेनती रहेका उनका घिमेकी भोजराज शर्माले जानकारी दिए ।

सुलभको घर रहेको धम्बोझि शोकमा डुबेको छ । सुलभको घरमा  छिमेकी र आफन्तहरुको भिड लागेको छ ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा परेर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, घाइते भएका ३ सय ४७ जनाको देशभरका अस्पतालहरूमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार