आज विजया दशमी : नवदुर्गाको प्रसाद मान्यजनको हातबाट ग्रहण गरिँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  17 पटक हेरिएको

काठमाडौँ । बडादशैँको मुख्य दिन विजयादशमी नवरात्रमा पूजा गरिएकी देवी नवदुर्गाको प्रसाद टिका-जमरा बुधबार बिहान मान्यजनको हातबाट लगाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टिका लगाउन उत्तम साइत १० बजेर २६ मिनेटमा रहेको जनाएको छ । सर्वसाधरणका लागिदेवीको प्रसाद ग्रहण गर्न विशेष साइत हेरिरहनु धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । चन्द्रमा कुम्भ राशिमा रहेकाले टिका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने उनले बताए ।

विजया दशमीका दिन दशैँघर र शक्तिपीठमा नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको विसर्जन गरी मान्यजनबाट टीका जमरा थाप्ने गरिन्छ। बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ।

नवरात्र नौ दिनको दशैँ १० दिनको हुने भए पनियो वर्ष अष्टमी दुई दिन परेकाले घटस्थापनाको ११ औँ दिनमा विजयादशमी परेको हो ।

कतिपय स्थानमा विजयादशमीका दिनमात्रै टिका लगाइने भए पनि धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टिका लगाउने चलन छ । घरमा बुबाआमा लगायतको हातबाट टिका थापेर मावली, ससुराली आदि नाता सम्बन्धी कहाँ टिका लगाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार