हात्तीजस्तै देखिने सानो जीव ५० वर्षपछि अफ्रिकामा फेरि देखिए

हात्तीजस्तै देखिने सानो स्तनपायी जीव ‘एलिफेन्ट स्रिउ’ ५० वर्षपछि फेरि देखिन थालेका छन्। यस जीव अन्तिमपटक सन् १९७० मा देखिएको थियो त्यसयता यो लोप भएको अनुमान गरिएको थियो। तर ५० वर्षपछि लोप भएको ठानिएको यो हात्तीजस्तै देखिने जीव अफ्रिकामा भेटिएको बीबीसीले जनाएको छ। पूर्वी अफ्रिकी देश जिबाउटीमा यो स्वस्थ अवस्थामा भेटिएको जनाइएको छ। हात्तीकोजस्तै आकार भएको यस जीवले किरा खाने बताइएको छ। एलिफे...

विश्वकै लामो दाबी गरिएकाे झोलुङ्गे पुल सञ्चालनमा नआउँदै मर्मत

बागलुङ, भदौ ६ गते । बन्दाबन्दीकै अवस्थामा निर्माण कार्य सम्पन्न भएको बागलुङ– पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएका झोलुङ्गे पुल नियमित सञ्चालनमा नआउँदै पुनः मर्मत गर्न थालिएको छ । पुल साउन १६ गते सर्वसाधारणको लागि खुला गरिएको थियो । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो पुल तर्ने क्रममा अत्यधिक हल्लिएको गुनासोपछि थप बलियो बनाउन थालिएको हो । झोलुङ्गे पुल तर्नको लागि खुला गरेपछि पुल अवलो...

आलिया अभिनित ‘सडक २’को ट्रेलरमा ६ लाख लाइक, १ कराेड १० लाख डिसलाइक

आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलर मंगलबार मात्र युट्युबमा सार्वजनिक भएको थियो। हालसम्म उक्त भिडियोलाई ५ कराेड ३३ लाखभन्दा बढीले हेरेका छन्। तर यस भिडियोलाई मानिसहरुले मन पराएका छैनन् । हालसम्म ६ लाखले यस भिडियोमा लाइक गर्दा १ कराेड १० लाखभन्दा बढीले डिसलाइक गरेका छन् । गत जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो । उनले आत्महत्या गरेका थिए । उनको मृत्युपछ...

रुस भन्छ : कोरोना खोप तयार पारिसक्यौं, अब छिट्टै बजारमा आउँछ

विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ। यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो। यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ। तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ। तेस्रो...

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

वासिङ्टन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रवार व्यक्त गरेका हुन् । “मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उनले भने । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलन...

११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !

काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ । सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ कि यसबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ । ...

कोरोनाले जागिर खाइदिएको भन्दै निर्वस्त्र प्रदर्शनमा उत्रिए मजदुर

विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र तहसनहस पारिरहेको छ । करोडौँ मानिसहरुले रोजगारी गुमाइसकेका छन् । करोडौँ मजदुरहरुले रोजगारी गुमाइरहेको बेला करोडौँ मालिकहरु समेत टाट उल्टिरहेका छन् आफ्नो व्यवसाय बन्द हुँदा । कोरोनाका कारण आफ्नो व्यवसाय ठप्प भएको तथा आम्दानी गुमेको भन्दै रुसमा रेष्टुरेन्ट मजदुर तथा रेष्टुरेन्ट मालिकहरु निर्वस्त्र आन्दोलनमा उत्रिएका छन् । कोरोना भाइरस ...

गुगलले हटायो २५ सय युट्युब च्यानल

इन्टरनेट जाएन्ट गुगलले चीनसँग सम्बन्ध रहेका विभिन्न २५ सय वटा युट्युब अकाउन्ट हटाइदिएको छ । युट्युबको प्लाटर्फममार्फत् गलत जानकारीको प्रसारलाई रोक्ने संघर्षमा रहेको गुगलले सोही कदमका रुपमा गत अप्रिलदेखि जुन महिनासम्मको अवधिमा यतिधेरै संख्यामा युट्युब अकाउन्टहरु डिलिट गरिदिएको हो । डिलिट गरिएका अकाउन्ट मध्ये अधिकांशमा गलत तथ्ययुक्त तथा गैरराजनीतिक सामग्रीहरु रहेको र कतिपयमा चाहिँ राजनीतिक साम...

लेबनानमा भयंकर विस्फोट, कम्तीमा ७० जनाको मृत्यु, २७०० घाइते

लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार भयंकर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। झन्डै २७०० मानिस घाइते भएकाे उनले बताएका छन्। लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्। अधिकारीका अनुसार विस्फोटक पदार्थ भण्डारण गरिएकाे गाेदाममा विस्फोट भएको हो। बीब...

कंगनाको घरमा अज्ञातद्वारा गोली प्रहार

मुम्बई । अभिनेत्री कंगना रनौतको घरलाई लक्षित गरेर गोली प्रहार गरिएको छ । शुक्रबार राति उनको घरअगाडि दुई गोली प्रहार गरेपछि घरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सो गोली कसले चलायो भन्नेबारे आफूहरूले जाँच गरिरहेको प्रहरीले जनाएको छ । कंगनाको घर मनालीमा लक्षित गरेर गोली चलाइएको प्रहरीको कथन छ, ‘गोली चलाउने व्यक्तिबारे अनुसन्धान भइरहेको छ । अहिले हामीले घरको आसपासमा प्रहरी सुरक्षा बढाएका छौं ।’ कसैले...