साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो। भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चान...

आज नेपालले जापानसँग खेल्ने

काठमाडौं ;  एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ।  साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ। नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन्। ...

साफ महिला फुटबल : नेपालसँग ११-० गोलले माल्दिभ्स पराजित‚ रेखा र प्रीतिको ह्याट्रिक

काठमाडौँ : काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गरेको छ। आजको जितसँगै नेपालले दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ को सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। जितसँगै २ खेलबाट ४ अंक जोड्दै नेपाल समूह ‘बी’ को शीर्षमा उक्लिएको छ। आफ्ना दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा नेपाल...

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गर...

साफ महिला च्याम्पियनसिप आजबाट

साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्। समूह ए मा रहेका यी दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूह ए मा भारत र पाकिस्तानसँगै बंगलादेश पनि रहेको छ। समूह बि मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार साँझ भुटा...

पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित

काठमाडौँ, भदौ १९ गते । पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ । पारा ओलम्पिकमा सहभागिता जनाएर बुधबार बिहान नेपाल फर्कनु भएकी पलेशालाई महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपियाँबाट सम्मान गरेको छ । पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन...

पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर

काठमाडौं : उद्घाटन भएको १६ दिन र समग्रमा लगभग तीन साता लामो खेलकुद पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ।​ स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलताला...

आज नेपाल र भारतको उपाधि भिडन्त

काठमाडौं :  काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्। यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे  दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ। मङ्गलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। मङ्गलबार नै भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। यी दुई पराजित ट...

टी-२० विश्वकप : उद्घाटन खेल हुने रंगशालामा हावाहुरीले गर्‍यो क्षति

काठमाडौँ : आईसीसी टी-२० विश्वकपको उद्घाटन खेल हुने अमेरिकाको डलासस्थित ग्रान्ड प्रेयरी क्रिकेट मैदानमा वर्षा र हावाहुरीले क्षति गरेको छ। बेलायती सञ्चारमाध्यम बिबिसीले उक्त खेल मैदानमा मंगलवार रातभरि नै ठूलो पानी परेको जनाएको छ। ८० माइल प्रतिघण्टाको वेगमा चलेको हावाहुरीले मैदान वरिपरिको संरचनामा समेत क्षति गरेको जनाइएको छ। अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रवक्तालाई उद्धृत गर्दै द...

सरकारको प्राथमिकतामा पाँच क्रिकेट रंगशाला निर्माण

काठमाडौं । देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा परेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले क्रिकेट रंगशाला निर्माण र खेलुकद विकास सरकारको प्राथमिकतमा भएको उल्लेख गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताइएको छ । काठमाडौंको मूलपानी, मोरङको वि...