मगर खेलाडीहरु सम्मानित

भिडियो हेर्नुहोस https://www.youtube.com/watch?v=ISkGPcV37vY विभिन्न विद्याका राष्ट्रिय तथा विशिष्ट मगर खेलाडीहरु सम्मानित भएका छन् । नेपाल मगर खेलकुद संघले राजधानीमा शनिबार आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा खेलकुदका विभिन्न विद्याका १२ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा नेपालमा पहिलो प6s बक्सिङ भित्र्याउने बक्सिङ भिष्म पिता सुरेश आलेमगर, प्रथम सागमा स्...

नेपाल मगर खेलकुद संघले यहि शनिवार सम्मान कार्यक्रम गर्दै

काठमाडौ । नेपाल मगर खेलकुद संघले यहि आषाढ २३ गते शनिवार राष्ट्रिय नाच घर जमल काठमाडौमा खेलाडी सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । गृह मन्त्री राम बहादुर थापा मगर बादलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न खेलबाट राष्ट्रलाई बिषेश योगदान पु¥याएका मगर खेलाडीहरुलाई सम्मान गरिने बताइएको छ । मगर समुदायमा रहेका आदिम रैथाने खेलको खोजी, अनुसन्धान, व्यवसायिक खेलको विकास र विभिन्न खे...

सर्बियालार्इ पराजित गर्दै ब्राजिल लगातार १३ अौं पटक अन्तिम १६ मा

ब्राजिलले लगातार १३अौं पटक विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा २-० गोलअन्तरले गोलअन्तरले पराजित गर्दै ब्राजिल समूह विजेता बन्दै नकअाउट चरणमा प्रवेश गरेको हो । यता लगातार दोस्रो चरणमा स्थान बनाउँदै अाएको ब्राजिलले अन्तिम १६ मा अब समूह एफ को उपविजेता मेक्सिकोसँग सोमबार सामना गर्नेछ । १९६६ मा इंग्ल्याण्डमा भएको विश्वकपमा ब्राजिल समूह चरणबाटै घर फर...

मेसीका समर्थकले सुसाइड नोट लेखेर घरबाटै बेपत्ता

जारी विश्वकप फुटबलमा यो पटक लियोनल मेसीले चमत्कार गर्न सकेका छैनन् । स्टार मेसीको अर्जेन्टिनाले लगातार नराम्रोसँग हार बेहोरी रहेको छ । यो संस्करणमा मेसीले जादू नदेखाउँदा अर्जेन्टिनाका समर्थक निकै निराश छन् । समर्थक मात्र नभएर स्वयम् स्टार मेसी पनि अपेक्षीत प्रदर्शन गर्न नसक्दा असाध्यै दिक्क छन् । त्यो भाव उनको अनुहारबाट प्रस्ट नै झल्कीन्छ । यसैबीच अर्जेन्टिनाले लगातार हार बेहोर्न थालेपछि भारतम...

रुस र साउदीको उदघाटन खेल, फुटबलको महाकुम्भ विश्वकप आजबाट सुरु हुँदै

काठमाडौँ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडिममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । २१ औं संस्करणको विश्वकप इतिहासकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता पनि हो । मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश...

मार्शल आर्ट्स हाप्किडोका अध्यक्ष काली बहादुर घर्ती मगरलाई युरोपमा स्वागत

युरोप अस्ट्रियामा भैरहेको मार्सल आर्ट्स हाप्किडो फेस्टीबल तथा कंग्रेसको निमन्त्रणामा अतिथी रुपमा सहभागि नेपाल हाप्कीडो मार्शल आर्ट्स हाप्किडो एसोसिएसन का अध्यक्ष काली बहादुर घर्ती मगरले यो कंग्रेस नेपालका लागि समेत उपयोगी सावित हुने बिश्वास ब्यक्त गरेका छन् । सोही कंग्रेसमा अन्तराष्ट्रिय सम्बन्ध बिस्तार हुने र नेपाली हाप्कीडोमा थप कार्यक्रम तय गर्न सहज हुने पनि उनले बताए । घर्ती मगर लाई अन्तराष्...

विधिवत रुपमा नेपाल मगर खेलकुद संघको दर्ता सम्पन्न

देशको खेलकुद बिकासमा मगर युवा खेलाडीहरुको सक्रिय सहभागिता गराउनुको साथै मगर खेलाडीहरुको विचमा एकता कायम गर्ने हेतुको साथ स्थापना गरिएको नेपाल मगर खेलकुद संघ आज विधिवत रुपमा जिल्ला प्रशासन कार्यलय काठमाडौमा दर्ता भएको छ । मन बहादुर पुनको अध्यक्षतामा स्थापना भएको नेपाल मगर खेलकुद संघको केन्द्रिय समितिमा बरिष्ठ उपाध्यक्ष जुनु पुन मगर, उपाध्यक्ष एकनाथ राना मगर, निरज कुमार पुन, रेवत बहादुर राना मगर,...

नेपालगंजमा उद्दमशिलता तथा वित्तिय साक्षरता सम्बन्धी तालिम सुरु

शुसिल कुमार बुढा नेपालगंज । नेपालगंज बाकेमा प्रदेश न. ७ कर्णाली प्रदेशका सवै जिल्ला र ५ नं. प्रदेशको बाँके र बर्दिया जिल्लाका उद्दमी युवाहरुलाई उद्दमशिलता तथा वित्तिय साक्षरता सम्बन्धी तालिम सुरु भएको छ । युवाहरुलाई लक्षित गरि सुरु गरियको तालिममा एक निर्वाचन क्षेत्र बराबर दुइजना र कृषक समुहबाट दुइ दुइ जना सहभागी भएका छन । नेपाल सरकार युवा तथा खेलबुद् मन्त्रालयद्धारा सञ्चालित राष्ट्रिय युवा...

विश्वकप फुटबल प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई प्रधानमन्त्रीद्वारा विदाइ 

काठमाडौं : रुसमा हुने सडक तथा असहाय बालबालिकाका लागि विश्वकप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विदाइ गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा एक कार्यक्रमबीच उनले खेलाडी विदाइ गरेका हुन्।  प्रधानमन्त्रीले फुटबलका महान खेलाडी पेलेबाट शिक्षा लिई खेलक्षेत्रमा अग्रसर हुन खेलाडीलाई आग्रह गरेका थिए । उनले नेपाली खेलाडीले पनि मेहनत गरे सफलता हास...

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६औं साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका थिए । साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए। उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रम...