देशको खेलकुद बिकासमा मगर युवा खेलाडीहरुको सक्रिय सहभागिता गराउनुको साथै मगर खेलाडीहरुको विचमा एकता कायम गर्ने हेतुको साथ स्थापना गरिएको नेपाल मगर खेलकुद संघ आज विधिवत रुपमा जिल्ला प्रशासन कार्यलय काठमाडौमा दर्ता भएको छ ।
मन बहादुर पुनको अध्यक्षतामा स्थापना भएको नेपाल मगर खेलकुद संघको केन्द्रिय समितिमा बरिष्ठ उपाध्यक्ष जुनु पुन मगर, उपाध्यक्ष एकनाथ राना मगर, निरज कुमार पुन, रेवत बहादुर राना मगर, चन्द्र प्रकाश घर्ती मगर (सिपि), महा सचिब मदन कुमार घर्ती मगर, सचिव दिपा लुङ्गेली मगर,मनोज कुमार पुन कोषध्यक्ष कमल प्रकाश बुढा मगर, सह कोषाध्यक्ष दान बहादुर थापा मगर सदस्यहरु रोम बहादुर पुन, माया घर्ती मगर, दामोदर बुढा मगर, कल्पना थापा मगर, विमला राना मगर, र सुमन आले मगर रहेका छन ।
पुर्खा देखिनै मगर जातिले खेल्दै आएको परम्परागत मौलिक खेल घोरडासे, हारपौठा, तिर, तारो, छेलो आदीको संरक्षण संबद्धन र विकास गर्नुको साथै मगर समुदायबाट विभिन्न खेलमा प्रतिनिधित्व गर्ने खेलाडीलाई आवश्यक सहयोग सहित पोत्साहन गर्ने र मगर खेलाडी तथा प्रशिक्षकहरुको हक हित र कल्यानको लागि नेपाल मगर खेलकुद संघ स्थापना गरिएको अध्यक्ष मन बहादुर पुनले बताए । 

1206 पटक हेरिएको 

