काठमाडौँ, । अन्जन विष्टले नायक बनेपछि नेपालले मङ्गलबार चाइनिज ताइपेइलाई २–० ले हराएर फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणमा ऐतिहासिक जित हात पारेको छ । नेपालले विश्वकपको दोस्रो चरणमा खेल जितेको यो पहिलो पटक हो । यसअघि, विश्वकप छनोटमा विदेशी भूमिमा नेपालले मकाउलाई मात्र हराएको इतिहास छ । सो खेल पनि तटस्थ भूमिमा थियो । त्यसैले विश्वकप भूमिमा विपक्षीको घरेलु मैदानमा नेपालको...
फिफा विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित
