२७ फागुन, काठमाडौं । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आहृवान गरेको नेपाल बन्दको काठमाडौंमा खासै प्रभाव परेको छैन । तर, बन्दका कारण मधेसका जिल्लाहरु भने ठप्पप्रायः छन् । काठमाडौंका सडकमा नियमित भन्दा केही कम मात्रामा सार्वजनिक तथा निजी सवारीसाधान चलेका छन् । बजार पसलहरु पनि खुलेका छन् । तर, मधेसका जिल्लाहरुमा भने सवारीसाधान चलेका छैनन् । बन्दका कारण मधेसका नागरिकको दैनिकी...
बन्दको प्रभावः मधेस ठप्प
