अनौठो संस्कार, जहाँ पति जिवितै हुँदा पनि हरेक वर्ष विधवा हुन्छन् महिलाहरू

हिन्दु धर्म सस्कारमा विवाहित महिलाको जीवनमा सिन्दुर, चुुरा पोते, मेहेन्दी जस्ता चिजहरूले अर्थ राख्दछन् । रूढीवादी परम्परागत मान्यता अनुसार पतिको मृत्यु भएकी अर्थात् विधवा महिलाले उल्लेखित श्रृंगारहरु लगाउनु हुँदैन भनिन्छ । यद्यपि पछिल्लो समयमा यस्तो मान्यता तोडिँदै गएको छ । उता छिमेकी मुलुक भारतको एउटा समुदायमा चाहिँ महिलाहरु आफ्नो पति जिवितै हुँदासमेत हरेक वर्ष केही समयका लागि विधवा जस्तै बन्दछन्...

निशा घिमिरेको उपचारमा ५० लाख खर्च, सुधारकाे संकेत देखिएन

काठमाडौं । कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ । नर्भिक इन्टरनेशनल अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको स्वा...

कक्षा ११ को परीक्षा दिँदै सात दिनकी सुत्केरी चनिषा घर्ती मगर

काठमाडौं । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा परीक्षा...

राजीखुसीमै ठकुरी युवतीले दलितसँग विवाह गर्दा शिक्षक राना दम्पत्तीको उठिबास

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए । तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ...

‘सहयात्री’ नविन गुरुङ र सीता तमुस्याे ’दोङ’को ‘क्याहो तिम्रो पारा’ सार्वजनिक (भिडियाेसहित)

मन बहादुर पुन काठमाण्डौ। गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझी र गायिका सीता तमुस्याे ‘दाेङ’ को आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘क्याहो तिम्रो पारा’को भिडियो सार्वजनिक भएको छ । ‘सहयात्री’ नविन गुरुङको प्रस्तुती रहेको गीतमा गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझीको शब्द रचना रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ । म्युजिक बैक नेपाल, अनामनगर, काठमाडौमा रेकडिङ भएक...

छोरीहरुले थाहा नपाउन् भनेर ‘चम्सुरी’ले लुकाएकी थिइन् रोग

काठमाडौं । हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना भएकी छन् । उनको हाल त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । एक महिनाअगाडि स्वास्थ्यमा समस्या आएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पल्पसाले शनिवार निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमा...

आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेख्नेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको न...

मेलम्ची बाढीले अस्तव्यस्त हेलम्बु [भिडियाे / तस्बिरहरू]

https://www.youtube.com/watch?v=QV9B0yWy_LU हेलम्बु, सिन्धुपाल्चोक — अविरल वर्षासँगै आएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । गाउँ भएको ठाउँ बगरमा परिणत भएको छ । नदीमा पानीको सतह बढेपछि सतर्क भएका गाउँलेले मंगलबारको रात घर छाड्दा धेरैको ज्यान जोगियो । उक्त रात भाग्न नसकेर बेपत्ता ...

राउटेको आफ्नै कानुन : माफीको व्यवस्था छैन, पीडित युवतीलाई भाला रोपेर मार्लान् भन्‍ने डर

सुर्खेत : राउटे नेपालको एक लोपोन्मुख जाति हो। यो समुदायको आफ्नै चलन छ। आफूलाई जंगलको राजा भन्न रुचाउने यो समुदायमा भिन्नै खालको परम्परा र रीतिरिवाज छ। जंगलमा बस्ने, कोही मान्छेको मृत्यु भएमा बसिरहेको स्थानमा उसको शव गाडेर अर्को स्थानमा बसाइँ सर्ने यो राउटे जाति कर्णालीमा बसोबास गर्दै आएको छ। १३८ जनाको संख्याको परिवारमा रहेको यो समुदायमा रास्कोटी, सुर्य वंशी र कल्याल ठकुरी भनेर तीन गोत्रमा विभाज...

कार्टुनप्रति प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रकाशित भएको एक कार्टुनमा आपत्ति जनाएका छन्। कान्तिपुर राष्ट्रिय दैनिकको आइतबारको अंकको प्रथम पृष्ठमा कार्टुनिष्ट अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन्। कार्टुनमा प्रधानमन्त्री ओलीलाई राजाको रूपमा श्रीपेच लगाइदिएर उनको खल्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखिएको छ। प्रधानमन्त्री ओलीले प्रेत संस्थाको खल्तीमा राष्ट्...