‘सहयात्री’ नविन गुरुङ र सीता तमुस्याे ’दोङ’को ‘क्याहो तिम्रो पारा’ सार्वजनिक (भिडियाेसहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  1129 पटक हेरिएको

मन बहादुर पुन

काठमाण्डौ। गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझी र गायिका सीता तमुस्याे ‘दाेङ’ को आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘क्याहो तिम्रो पारा’को भिडियो सार्वजनिक भएको छ । ‘सहयात्री’ नविन गुरुङको प्रस्तुती रहेको गीतमा गायक, सर्जक तथा  सञ्चारकर्मी राज कुमार रायमाझीको शब्द रचना रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ ।

म्युजिक बैक नेपाल, अनामनगर, काठमाडौमा रेकडिङ भएको यस गीतमा बिजय बुढा मगरले रेकडिङ, मिक्सिङ गरेका हुन ।

भिडियोमा किरण मगर र सुस्मिता श्रेष्ठकाे,  अभिनय रहेको छ । राजकुमार रायमाझीद्वारा निर्देशित भिडियोमा मन बहादुर पुनको छायांकन, सम्पादन रहेको छ ।

माया प्रेमको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ, गीतकार रायमाझीले भने, ‘यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु’ । गीतको मर्म अनुसारको भिडियोमा उतार्ने कोशिस गरेको निर्देशक  रायमाझीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार