नरभक्षी चितुवा हेर्न ठूलो भीड

बैतडी, चैत २२ गते । “ओछ्यानमा सुतिरहेकी मेरी नौ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो !” विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आईपुग्नुभयो । भीडको बीचमा खोरबाट निकालिएको चितुवा थियो । चितुवा गुनडी लोहारको गाउँमै विज्ञले थापेके खोरमा फसेको हो । कोरोना भाइरसको त्रासले ११ दिनसम्म घरभित्र बसेका विलापुरबासी शनिबार नरभक्षी चितुवा हेर्न ठूलो भीड जम्मा गरेर घरबाहिर निस्किए । प्रहरी...

नायक जय किशन बस्नेतको चलचित्र “हिरो नम्बर १” युटुबमा सार्वजनिक

काठमाडाै । नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ ।  नायक बस्नेतकै लेखन, निर्माण, निर्देशन तथा मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाईल टिभी युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । जय किशन बस्नेत फिल्मस् प्रा. लि. को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय स...

आशालाग्दी नायिका स्वस्तिमा

नायिका स्वस्तिमा खड्काले गतबर्ष चलचित्र ‘बुलबुल’मा अभिनय गरिन । यो चलचित्रले उनलाई जुन खालको हाइप दियो, त्यो लोभलाग्दो थियो । छोटो समयमा नै स्वस्तिमा नेपाली चलचित्रको आशालाग्दी नायिकाको रुपमा उदाएकी थिइन । चलचित्र ‘बुलबुल’बाट उनले यो बर्ष नै ‘राष्ट्रिय चलचित्र पुरस्कार’देखि विदेशमा आयोजना भएका विभिन्न पुरस्कार र अवार्ड जितिन । तर, एउटा चलचित्रले दिएको उचाइबाट रमाउन जति सजिलो छ, त्यसलाई बचाउन सज...

अमेरिकी अस्पतालमा कार्यरत नर्सको अनुभव : कोरोना लाग्दैमा मरिँदैन

अहिले कोरोना भाइरस (कोभिड १९) ले विश्वभर सबैको मनमा त्रास फैलाएको छ । म अमेरिकाको टेक्ससस्थित एउटा अस्पतालमा रजिस्टर्ड नर्सका रुपमा काम गरिरहेकी छु । हाम्रो युनिटमा आएका एक/दुईजना बाहेक अरु सबै निको भएर घर फर्केका छन् । अवस्था नाजुक भयो भने अरुलाई इन्टेनसिभ केयर युनिटमा पठाइन्छ । हाम्रो युनिटमा आउने कोभिड बिमारीलाई इमर्जेन्सी रुमबाट पहिले टेष्ट गरेर मास्क लगाएर सिधै आइसोलेसन रुममा पठाइन्छ । ...

कोरोनाबारे जानकारी दिन आजदेखि नयाँ वेब पोर्टल एप्लिकेशन

काठमाडौं– सरकारले कोरोना नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ। कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचना उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा खेमबहादुर कार्कीले शनिबारदेखि...

कोरोना संक्रमणबाट अमेरिकाका विख्यात नाटककारको मृत्यु

काठमाडौं । अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो । उनी ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए । उनी समलंगी, क्यान्सर लगायतका कारण पनि चर्चित थिए । मेक्नलीको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरब...

के खाए कोरोना सर्दैन् ?-भ्रम र यथार्थ !

काठमाडौं, चैत्त ७ गते । पानी पिउँदै मुख ओसिलो बनाए कोभिड–१९ बाट बँच्न सकिने तथ्य अफवाह रहेको पुष्टि भएको छ । बीबीसीले गरेको एक अध्ययन र खोजबीनमा उक्त तथ्य अफवाह मात्रै रहेको पुष्टि गरेको छ । सुरुमा मणिभ आकारको कोकीन खाँदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने सुझाब दिइयो । उक्त सुझाब सामाजिक सञ्जालमा हजारौं व्यक्तिसम्म पुग्दा फ्रेञ्च सरकारले वक्तब्य नै जारी गरेर कोकीनबारेको जानकारी अफवाह मात्रै र...

एसईई भोलिदेखि सबै तयारी पूरा

काठमाडौँ,  । यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु¥याउने, केन्द्राध्यक्षको नियुक्ति लगायतका सबै तयारी सकिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । सबै जिल्लामा केन्द्राध्यक्षको अभिमुखीक...

‘२ नम्बरी’मा दयाहाङसँग भुटानी नायिका

काठमाडौं । भुटानकी नायिका उगेन छोदनले अभिनेता दयाहाङ राईको नेपाली चलचित्र हेर्दै आएकी थिइन् । जब उनी दयाहाङको नायिकाकी रूपमा नयाँ चलचित्र ‘२ नम्बरी’मा अनुबन्धित भइन् । उनीमा खुसीको सीमा रहेन । यी अभिनेत्री यतिबेला काठमाडौंमा छिन् । नेपाली चलचित्रमा अभिनय गर्न उनी नेपाल आएकी हुन् । थोरै तर अन्तर्राष्ट्रियस्तरका फिल्म बन्ने भुटानकी अभिनेत्री उगेनले यो आधा दशकमा त्यहाँ ८ भन्दा बढी फिल्ममा नायिकाको...

बच्चाकाे लागि भएपनि बचाउँनुसः ब्लड क्यान्सर पिडित फुल बुढामगरले मागिन सहयोग

मन बहादुर पुन काठमाडौ । रुकुम पुर्वी जिल्ला भुमे गाँउपालिका २ बस्ने ब्लड क्यान्सर पिडित २३ बर्षकी फुल बुढा मगरको आर्थिक अवस्था निकै कमजोर भएको कारणले उपचार गर्न नसकि अस्पतालबाट निस्किएकिछिन । सानो दुधेबालक बोकेर उपचार गराउन आएकि फुललाई उपचार गराउने पैसा त के बच्चालाई खुवाउन पनि धौ धौ भइरहेको छ । उनले भनिन म मेरो बच्चाको लागि भएपनि बाच्न चाहन्छ । चेली सम्झेर सहयोग गरिदिनुस् । म दुःखमा छु भएको पैस...