पार्टीको अभियानले अत्तालिए : डा. भट्टराई

पोखरा ।  समाजवादी समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सातै प्रदेशमा प्रदेश समिति गठन र १० जोड १ राज्यको अवधारणानुसार पार्टी लागेकोमा केही भने अत्तालिएको टिप्पणी गरेका छन् । तमुवान राष्ट्रिय समिति घोषणा समिति गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले सो अभियानमा लागेको देख्दा केही अत्तालिएको र उनीहरूको मुटुमा ढ्यांग्रो ठोकेको बताएका हुन् ।...

समाजवादी पार्टी शहिदलखन गाउँपालिका गोरखाको समायोजन

गोरखा । बैकल्पिक राजनितिक शक्ति निर्माणका लागि एकिकृत बनेको समाजवादी पार्टी सहिद लखन गाउँपालिका गोरखाको समायोजन तथा सपथ ग्रहण कार्यक्रम शुक्रवार सहिद लखन गाउँपालिकामा सम्पन्न भएको छ । राजेश आलेको अध्यक्षतामा समाजवादी पार्टीको सहिद लखन गाउँपालिकालाई पुर्णता दिदै ३१ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा ठाकुर तिवारी , शोभा मग्राती ,  इन्द्र प्रसाद पोखरेल , सचिव दिनेश कुमार श्रेष्ठ,  सह सचिव न...

समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा

काठमाडौं । समाजवादी पार्टीको चुनाव चिन्ह पाँच औलासहितको दायाँ हत्केला (पञ्जा) भएको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबिच एकता भएर समाजवादी पार्टी बनेपछि चुनाव चिन्ह पञ्जा भएको हो । निर्वाचन आयोगको गत असोज ८ गतेको निर्णय अनुसार आफ्नाे पार्टीको चुनाव चिन्ह पञ्जा भएको समावादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । तत्कालिन संघीय समाजवादी फोरमको चुनाव चिन्ह ...

अहिलेको युगमा छोरा र छोरीबीच विभेद गर्न हुँदैन: डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच समान व्यवहार गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विदेशी ज्वाइँ वा बुहारी आएर देश खाइदिन्छ भनेर डराउनु नपर्ने बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको नागरिकतासम्बन्धी विधेयकमा विदेशी बुहारी  र ज्वाइँलाई विवाह गरेर आउनेवित्‍तिकै नागरिकता दिने कि नदिने भन्ने बहस भइ...

समाजवादी पार्टीको केन्द्रिय सल्लाहकार समितिको प्रमुखमा भीमप्रसाद गौतम

काठमाडौं । समाजवादी पार्टी नेपालले केन्द्रिय सल्लाहकार समितिको जिम्मेवारी भीमप्रसाद गौतमलाई दिएको छ । पूर्व भूमीसुधार मन्त्री समेत रहेका गौतम तत्कालिन नयाँ शक्ति पार्टीका नेता हुन् । केन्द्रिय सल्लाहकार समितिको सचिवको जिम्मेवारी भने सुमन कुमार चौधरीले पाएका छन् । चोधरी तत्कालिन संघीय समाजवादी फोरम नेपालका नेता हुन् । राजधानीमा आइतबार समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गौतलाई सल्...

भदौ ३० गते ललितपुरमा समाजवादी आदिवासी जनजाति महासंघको घोषणा हुँदै

काठमाडौ  । समाजवादी पार्टी निकट समाजवादी आदिवासी जनजाति महासंघको यहि भदौ ३० गते ललितपुरको दिखेदेवलस्थित यलखिम पार्टी प्यालेसमा औपचारिक घोषणासभा गरिने भएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता भएपछि दुवै पार्टीनिकट आदिवासी जनजाति संगठनको समायोजन गरी समाजवादी आदिवासी जनजाति महासंघ घोषणा गर्न लागिएको हो । महासंघको अध्यक्ष संघीय समाजवादी फोरमबाट चन्द्रविक्रम राई र महासचिव नयाँ शक्...

पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते

काठमाडौं : समाजबादी पार्टीका केन्द्रीय उपाध्यक्ष  तथा  पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल  दुर्घटनामा परेर घाइते भएकी छन् । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए । उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बा...

समाजवादी पार्टीले तोक्यो आठै जिल्लाको इन्चार्ज

जनकपुरधाम । समाजवादी पार्टीको मधेस प्रदेश समितिले आठै जिल्लाको इन्चार्ज तोकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बसेको प्रदेश कमिटीको बैठकबाट इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । बैठकबाट पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा क्रमशः सिंहासन साह, रामबाबु यादव, वृजकुमार यादव, राजेश सिंह, सरोज सिंह कुशवाहा, रामअशिष यादव, बादल यादव र सत्यनारायण याद...

‘मलाई हेग लगे संसारकै हिरो भएर निस्किन्छुः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग लगिए पनि केही फरक नपर्ने बताएका छन्। सोमबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुलाई हेगमा पु-याएर भए पनि एक दिनको लागि जेलमा हाल्ने षडयन्त्र भइरहेको बताए । उनले हेग पुर्याईए झन् आफुँ हिरो भएर निस्कने भन्दै त्यो आफ्नो लागि गर्वको कुरा हुने बताए । अध्यक्ष प्रचण्डले भने, ...

समाजवादी पार्टीको पाँच प्रदेशमा एकीकरण

काठमाडौँ — समाजवादी पार्टीले ५ प्रदेशको प्रादेशिक संरचनाको एकीकरण प्रक्रिया टुंग्याएको छ । प्रदेश १ र ३ को समायोजन साउन २२ गतेभित्र टुंग्याउने समाजवादीले जनाएको छ ।तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच गत वैशाखमा एकीकरण भएपछि केन्द्रीय कार्यसमितिबाहेकका संरचना समायोजन भएको थिएन । शनिबार बसेको पदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख प्रशान्त सिंहले प्रदेशको समायोजन कार्य सँगसँगै संगठनला...