आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै

काठमाडौँ : भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व। सनातन धर्मावलम्बी महिला सप्तर्षिको पूजा-अर्चना गरी मनाउँदैछन् । सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ । महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी ख...

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर महोत्तरी । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ । संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरु जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी ...

तीज : पशुपतिनाथमा श्रद्धालुको घुइँचो

भदौ, काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्...

बागलुङमा अझै जीवित छ ‘‘गाउँ पूजा’’

बागलुङ : अर्धनग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए। ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू। माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो। यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए। यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन्। यो पूजा एक हजार वर्ष पुरानो भएको स्थान...

‘वन संरक्षणको नाममा आदिबासीको उठिबास ’

काठमाडौं, । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सबै जाती समुदायको हितलाई ध्यान दिएर नेपालले नेशनली डिटरमिन्ड कन्ट्रिव्यूसन (एनडिसी) दस्तावेज तयार गरी संयुक्त राष्ट्र संघलाई बुझाइएको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा बिहीबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री ठकुरीले भन्नुभयो, “एनडिसीबारे हरेक कोणबाट छलफल भएर दस्तावेज त...

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, साउन ५ गते । साउनको पहिलो सोमबार (आज) पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्र...

राउटे संरक्षण गर्न छुट्टै समिति : विधेयकसहित कोरिडोरको खाका तयार पारिने

सुर्खेत, । कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि छुट्टै समन्वय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे कोरिडोरको खाका तयार गर्नका लागि समिति गठन गरेको हो । पाँच सदस्यीय समितिमा आदिवासी जनजाति महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटे, मन्...

जलजला जोड्ने पदमार्ग यस्तो बन्यो

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ । जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका–१ माटेबाट मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजलासम्म ढुङ्गाको स...

काठमाडौंको टुँडिखेलमा ३ दिन भब्य रुपमा भूमे पर्व मनाइदै

काठमाडौं । काठमाडौंको टुँडिखेलमा यहीँ असार १ गते देखि ३ गते सम्म भब्य रुपमा भूमे पर्व २०८२ मनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननिय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उदघाटन हुने मगर समुदायको मौलिक सांस्कृतिक चाड भुमे पर्व राजधानीको टुँडीखेलमा भब्य रुपमा मनाउन लागिएको हो । नेपाल मगर संघ केन्द्रीय समितिको संरक्षकत्वमा भूमे पर्व संरक्षण नेपाल, केन्द्रीय समितिको आय...

ढुंगामा पैसा फल्न थालेपछि खानी गाउँ लमजुङमा रोकियो बसाइसराई

लमजुङ । बसाइसराईले नेपालका पहाडी क्षेत्रका प्रायः सबै गाउँहरू आक्रान्त छन् । लमजुङमा पनि बसाईसराईको चपेटामा नपरेको प्रायः कुनै पनि गाउँ भेटिदैन तर यौटा यस्तो गाउँ पनि छ, जहाँ ढुंगामा पैसा फल्न थालेपछि बसाईसराई रोकिएको मात्र छैन, बसाईसराई गरेर गएका पनि गाउँ फर्कन थालेका छन् । त्यो गाउँ लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिका– ५ मा रहेको खानी गाउँ हो । सो गाउँमा २०७२ सालदेखि रक गार्ड...