मुम्बई, २ वैशाख । भारतको मुम्बईमा जारी दशौं आइपिएलअन्तर्गत गुजरात लायन्स र राइजिङ पूणे सनराइजर्सबीचको खेलमा ब्याट भाँच्चिएको छ ।
शुक्रबार गुजरात लायन्स र राइजिङ पूणे सनराइजर्स टिमबीच भएको भिडन्तमा मैदानमै पूणेका ब्याट्सम्यान मनोज तिवारीको ब्याट दुई टुक्रा भएको हो ।
भारतीय क्रिकेटका पूर्व बलर प्रवीण कुमारको ब्ल्याक होलमा हालेको बललाई कठोर प्रहार गर्ने क्रममा तिवारीको ब्याट दुई टुक्रा भएको थियो ।
उनी त्यतिबेला २९ रन बनाएर खेलिरहेका थिए । राजकोटमा भएको यो खेलमा प्रवीण १८ ओभरमा बलिङ गर्न आएका थिए ।
मिडविकेटतर्फ कडा प्रहार गर्ने क्रममा ब्याट भाँचिएको थियो । मनोजले भाँचिएकै ब्याटले दुई रन लिएका थिए ।
उनी पछि एन्ड्रयु टाईको बलमा ३१ रन बनाएर आउट भए । यसपछि अर्को ब्याट मगाइएको थियो । उनी यो घटनाको चौथो बलपछि नै आउट भए ।
उनलाई गुजरातका एन्ड्रयुले ह्याट्रिक लिने क्रममा दोस्रो शिकार बनाएका थिए । – एजेन्सी

870 पटक हेरिएको 

