
अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एवाइएस विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका प्रो-बक्सर अजित मगरले कास्य पदक जितेका छन्।
उदयपुर गाईघाटका अजित मगरले स्पेनी खेलाडीबाट बाई पाउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा उनले अष्ट्रेलियाली खेलाडीसँग अंकमा पराजय बेहोरेपछि कांस्य पदकमा सीमित रहनुपर्यो। अजितले के–वान नियम अनुसार ७९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।
यो प्रतियोगितामा २२ देशका खेलाडीहरूले सहभागिता जनाएका थिए।
नेपालका अर्को प्रतिनिधि उमङ्ग खत्री (ललितपुर, विष्णुडोल) ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छन्। दुवै खेलाडीले ललितपुर बक्सिङ एकेडेमी र इमाडोल बक्सिङ क्लबमा तालिम लिएका हुन्।
नेपाल बक्सिङ कमिसन टीम ‘म्याक्स बक्सिङ प्रमोशन’ सँग सहकार्यमा अक्टोबर १५ देखि १९ तारिखसम्म ब्रिस्बेनमा भइरहेको प्रतियोगितामा सहभागी छ।

269 पटक हेरिएको 

