अफ्रिकी देश चाडका बुडाबी आदिवासी समुदायमा अहिले हप्ताभर चल्ने एउटा परम्परागत पर्व गेरेबुल चलिरहेको छ ।
यो पर्व उक्त समुदायका युवतीहरुका लागि विशेष महत्वको छ । यही पर्वमा पुरुष जीवनसाथीको खोजीमा युवतीहरु अनेक हर्कत गर्दै सहभागी हुन्छन् ।
यो पर्वका दौरान युवतीहरु श्रृंगारपटार गरी राम्रा राम्रा कपडा लगाएर तन्नेरीहरुलाई आफूतर्फ आकर्षित गर्ने प्रयास गर्दछन् । साथै उनीहरु याके नामको परम्परागत नाच पनि देखाउँछन् ।
यो अफ्रिकाको एउटामात्र यस्तो संस्कृति हो जहाँ आफ्ना छोरीहरुलाई आफ्नो जीवनसाथी छान्ने अधिकार दिइन्छ । अझ रोचक कुरा त के भने यो पर्वका दौरान विवाहित महिलाहरु समेत सेक्सका लागि अरु जुनसुकै पुरुष रोज्न सक्दछन् ।
वुुडाबी आदिवासीहरु सदियौँ पहिलेदेखि अफ्रिकाको उक्त हिस्साबाट पलायन भएको फुलानी तथा तुुर्गे संस्कृतिको एक उप समूह हो । यो आदिवासी समुदायले गधा पाल्छ । यिनीहरु आमरुपमा दूध, दही, अन्नका साथै गुलियो चिया र कहिलेकाहीँ बाख्रा र भेँडाकेा मासु पनि खान्छन् ।
वुुडाबी समुदायले मनाउने यस पर्वका बेला सूर्योदयसँगै बुडाबी पुरुषहरु समारोहमा सामेल हुनका लागि तयार हुन थाल्दछन् । उनीहरु चिल्लो माटो, ढुंगा तथा जनावरको हड्डी पिँधेर बनाइएको पेष्ट आफ्नो अनुहारमा दलेर मेकअप गर्दछन् । कतिपय पुरुषले त आफ्ना सेता दाँत टलक्क टल्कियून् भन्नका लागि ओठमा ब्याट्रीको कालो दल्ने गर्दछन् ।

765 पटक हेरिएको 

