
काठमाडौं ।दक्षिण कोरिया तथा विश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष डा । लि डाई ह्यून तथा दक्षिण कोरिया क्यालभिन विश्वविद्यालयका डिन पार्क जी च्वेन तथा चान्र्सलर योन इकासिया नेपाल मार्शल आर्टस् हाप्किाडो संघको विशेष निमन्त्रणामा ४ दिने भ्रमणमा नेपाल आउने भएका छन् । भ्रमण आउँदो जेष्ठ ९ गते देखी १२ गते सम्म हुनेछ । भ्रमणका व्रmममा नेपालको खेलकुद, शिक्षाको क्षेत्रमा विशेष छलफल हुने भएको छ । केही दिन अघि नेपाल मार्शल आर्टस् हाप्किडो संघका अध्यक्ष कालि बहादुर घर्ति मगर द कोरियामा रहँदा सिओल मेट्रोपोलिटान ९सिओल सहरमा रहँदा, विश्व मार्शल आर्टस् हाप्किडोका अध्यक्ष तथा नेपालको तर्फबाट घर्ति मगरले नेपालको खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने त्रिपक्षीय सम्भौता भएको थियो । साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्ने आश्वासन प्राप्त भएको घर्तिमगरले जानकारी गराउनु भएको छ ।
लि, पार्क र योनको नपाल भ्रमणको समयमा पूर्व सम्झैता, प्रतिवद्धताहरुलाई कार्यान्वयनको लागि विस्तृत योजना समेत बनाईने हाप्किडो अध्यक्ष घर्ति मगरले जानकारी गराउनु भएको छ । नेपालको हाप्किडो खेललाई अझै प्रभावकारी बनाउन र यसको विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण प्रशिक्षकहरु तयारमा समेत यो भ्रमण प्रभावकारी हुने आशा राखिएको छ ।

1076 पटक हेरिएको 

