काठमाडौं । मकै नेपालको प्रमुख अन्नवाली मध्ये एक हो। हिमाल, पहाड, तराई सबै भेगमा मकैं उत्पादन हुने गर्दछ । मकैबाट ढींडो, रोटी, चिउरा, च्याँख्ला वा ग्रीटको भात आदि परिकार बनाएर खान सकिन्छ । पछिल्लो समय मकैंबाट खानेतेल पनि उत्पादन हुन थालेको छन् । मकैं खेतीको लागि पानी नजम्ने, मलिलो, दुमट तथा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ ।मकैं हिमाल, पहाड, तराई ठाउँ अनुसार भिन्न(भिन्नै जातको बिउ लगाउन उपयुक्त हुन्छ । साथै मकैंबालीको लागि गोडमेल, मलजल, रोग, रोप्ने विधि देखी व्यवस्थापन सम्मको जानकारी हुन आवस्यक छ । मकैंबालीको लागि कृषि व्यवस्थापन सूचना प्रणालीले तयार पारेका बुदाहरु निम्न प्रकारका छन् । जुन मकैं बालीको खेती गर्नेले जान्न निक्कै महत्पूर्ण छ ।
१. तराई तथा भित्री मधेशका लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ?
रामपुर कम्पोजिट, अरुण २, रामपुर २, अरुण १ जस्ता जातहरु तराई तथा भित्री मधेशका लागि उपयुक्त छन् ।
२. मध्य पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ?
खुमल पहेलो, मनकामना १, मनकामना ३, देउती, शीतला, मनकामना ४, पोषिलो मकै १, मनकामना ५, मनकामना ६ ।
३. उच्च पहाडको लागि उपयुक्त उन्नत मकैका जातहरु कुन कुन हुन् ?
गणेश १, गणेश २ जस्ता जातहरु उच्च पहाडका लागि उपयुक्त हुन्छ ।
४. तराईका मकैमा किन दाना नलाग्ने समस्या आएको होला ?
मकैको धान चमरा निस्कने बेलामा बातावरणको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम र ३५ डिग्री सेल्सियस भन्दा बढी भएमा दाना नलाग्ने समस्या हुन्छ ।
५. तराईका मकैमा दाना नलाग्ने समस्याबाट बच्न के गर्नुपर्ला ?
असोज या मंसिरमा मकै छर्न सकियो भने उक्त समस्याबाट बच्न सकिन्छ ।
६. मकै खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
पानी नजम्ने, मलिलो, दुमट तथा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ ।
७. मकैको बीउ दर कति हो ?
लाइनमा लगाउँदाः ६७० ग्राम प्रति कठ्ठा वा १ के।जी प्रति रोपनी वा २० के।जी। प्रति हेक्टर
हलो पछाडि लगाउने हो भनेः १ के।जी। प्रति कठ्ठा वा १.५ के.जी.। प्रति रोपनी वा ३० के.जी. प्रति हेक्टर बीउ पर्याप्त हुन्छ ।
८. मकै रोप्दा बोट संख्या कति हुनुपर्दछ ?
साधारणतया मकैको बोट एक रोपनीमा २५०० बोट, एक कठ्ठामा १६६६ र एक हेक्टरमा करिब ५०,००० देखि ५५,००० बोट भएमा बढी उत्पादन लिन सकिन्छ ।
९. मकै रोप्दा एक लहर देखि अर्को लहर र एक बोट देखि अर्को बोटको दूरी कति हुनुपर्दछ ?
यसको लागी एक लहर देखि अर्को लहर ७५ से।मी। र एक बोट देखि अर्को बोटको दूरी २५ से.मी. कायम गरेमा उक्त बोट संख्या कायम गर्न सकिन्छ ।
१०. लेकमा मकै कहिले छर्ने ?
लेकमा मकै फाल्गुण˗चैतमा छर्नु राम्रो हुन्छ ।
११. मध्य पहाडमा मकै कहिले छर्ने ?
मध्य पहाडमा चैत˗बैशाखमा मकै छर्नु राम्रो हुन्छ ।
१२. तराई तथा भित्री मधेशमा बसन्ते मकै कहिले छर्ने ?
फाल्गुण˗चैतमा मकै छर्नु राम्रो हुन्छ ।
१३. तराई तथा भित्री मधेशमा बर्षे मकै कहिले छर्ने ?
बैशाख˗जेठमा मकै छर्नु राम्रो हुन्छ ।
१४. तराई तथा भित्री मधेशमा हिउँदे मकै कहिले छर्ने ?
भदौ˗असोजमा।
१५. मलखादको प्रयोग कसरी गर्ने ?
डि.ए.पी. र पोटासको सम्पूर्ण भाग जमिन तयारीमा हाल्ने र यूरियाको आधा भाग बोट घुँडा घुँडा भएको अवस्थामा र आधा भाग जुँगा र चमर निस्कने बेलामा हाल्ने ।
१६. सिंचाईको हिसाबमा मकैको सम्बेदनशील अवस्था कुन हो ?
जुँगा निस्कने अवस्था र दाना पोटिलो हुने अवस्था मकैको सम्बेदनशील अवस्था हो र यस्तो अवस्थामा माटोमा चिस्यान कमी देखिएमा सिंचाई दिनुपर्दछ ।
१७. बसन्ते र हिउँदे मकैमा सिंचाईको हिसावले ख्याल गर्नुपर्ने कुरा ?
बसन्ते र हिउँदे मकैका लागि रोप्ने बेलामा माटोमा चिस्यान कम भएमा सिंचाई गर्नुपर्दछ ।
१८. मकैमा गोडमेल या झारपात ब्यवस्थापन कहिले गर्ने ?
पहिलो गोडाई मकै उम्रेको ३ देखि ४ हप्ता भित्र गरिसक्नु पर्दछ । र दोस्रो गोडाइ पहिलो गोडाई गरेको ३ देखि ४ हप्ता पछि गरिन्छ । दोश्रो गोडाईमा उकेरा दिईन्छ ।
१९. मकै भाच्ने बेला भयो भन्ने कसरी थाहा पाउने ?
मकैको दाना उप्काई खोयामा गाडीने भाग तिर कोट्याई हेरेमा कालो पत्र देखिएमा मकै पाकेको निश्चित हुन्छ ।
२०. मकै भाच्ने बेलामा चिस्यान कति हुनुपर्दछ ?
साधारणतया मकैको दानाको चिस्यान ३० प्रतिशत भन्दा कम भए पछि भाँच्नु उपयुक्त हुन्छ ।
२१. मकैलाई भण्डारण गर्दा चिस्यान प्रतिशत कति हुनुपर्दछ ?
मकैलाई जति सक्दो बढी घाममा सुकाई भण्डारण गर्नु पर्दछ । भण्डारण गर्नको निमित्त १२ देखि १४ प्रतिशत चिस्यानमा ल्याउनु पर्दछ ।
२२. मकै भण्डारणमा कीराको नियन्त्रण कसरी गर्ने ?
एउटा सिडबीन ९१ देखि २ क्विन्टल० मा एक चक्की सेल्फस राखी हावा नछिर्ने गरि बन्द गर्नु पर्दछ।
२३. मकैको गवारो नियन्त्रण गर्न के गर्नुपर्छ ?
गवारोको आक्रमण देखिएमा सेभिन गेडा, थायोडेन गेडा, फोरेट गेडा, फ्युराडेन गेडा मध्ये कुनै एक ३–४ दाना मकै वोटको प्रत्येक गुवोमा ४र५ पातको अवस्थामा पहिलो पल्ट र २५र३० दिन पछि दोश्रो पल्ट प्रयोग गनु पर्छ।
२४. मकैमा किर्था नियन्त्रण गर्न के गर्नुपर्छ ?
तपसिल अनुसार विषयुक्त चारा बनाई १० कि।ग्रा। प्रति हेक्टर छर्नु पर्छ ।
गहुँको चोकर–१ कि।ग्रा, क्लोरोडेन वा मालाथियन धुलो–५ ग्राम, सख्खर वा भेली–५ ग्राम र मुछ्न चाहिने जति पानी हाली छर्नुपर्दछ।
२५.मकै भण्डारणमा घुनबाट बच्ने वानस्पतिक उपाय के छ ?
बोझोको धुलो २०–२५ ग्राम प्रति केजी अनाजका दरले राख्दा घुनबाट बचाउन सकिन्छ ।
झुसेतिलको तेल १–२ मि।लि। प्रति किलोग्राम अनाजका दरले उपचार गरेर थन्क्याएको अनाजमा घुन र पुतलीहरुले क्षति गर्न सक्दैनन् ।
२६. सुपर ग्रेन ब्याग भनेको के हो ?
प्लाष्टिक झोला हो जसमा १२ प्रतिशत चिस्यान भएका अनाज या बीउलाई ८ महिना सम्म सुरक्षित भण्डारण गर्न सकिन्छ । यसमा ६५ केजी तौलसम्म बीउ भण्डारण गर्न सकिन्छ ।
२७. दक्षिणी मकैको पात डढुवा रोगको नियन्त्रण उपाय के होला ?
मकै रोप्नु भन्दा पहिले बीउलाई थिराम नामक बिषादीले १ किलो ग्राम बीउलाई २।५ ग्राम थिरामका दरले बीजोपचार गर्नुपर्दछ।
२८. उत्तरी मकैको पात डढुवा रोगको नियन्त्रण उपाय के होला ?
मकै रोप्नु भन्दा पहिले बीउलाई थिराम नामक बिषादी ले १ किलो ग्राम बीउलाई २।५ ग्राम थिरामका दरले बिजोपचार गर्नुपर्दछ । र डाईथेन एम–४५, २ ग्राम प्रति लिटर पानीका दरले छर्नु पर्दछ ।
२९. ध्वासे थेग्ले रोगबाट बच्ने उपाय के होला ?
अवरोधी जातहरु लगाउनेः उच्च पहाडको लागि गणेश १, गणेश २ र मध्य पहाडको लागि देउती, शितला, मनकामना ३ ।
३०. मकैको श्रोत बीउ कहाँबाट प्राप्त गर्न सकिन्छ ?
राष्ट्रिय बीउ बिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका कार्यक्रम, स्थानिय स्तरमा रहेका बीउ उत्पादक समूह या सहकारी, निजी कम्पनी र जानकारीको लागि जिल्ला कृषि बिकास कार्यलयमा सम्पर्क गर्ने ।
३१. मकैको जातका नाम पछाडि राखिने अङ्कले के जनाउँछ ?
जोडा अङ्कले मकैको दाना पहेलो जनाउछ, बिजोड अङ्कले दाना सेतो जनाँउदछ ।
३२. मकै वालीमा मलखादको मात्रा कति प्रयोग गर्नु पर्दछ ?
प्रति हेक्टर डि ए पि १५० के जी, युरिया २०० के जी, पोटास ५० के जी, गोबार मल १५००० के जी,
प्रति रोपनी डि ए पि ७.५ के जी, युरिया १० के जी, पोटास २.५ के जी, गोबार मल ७५० के जी,
प्रति कठ्ठा डि ए पि ५ के जी, युरिया ६.६ के जी, पोटास १.५ के जी, गोबार मल ५०० के जी,