भुमे/भूम्या पर्व असार १ देखि ३ गते सम्म खूल्ला मञ्च काठमाडौमा मनाइँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  1294 पटक हेरिएको


मन बहादुर पुन
काठमाडौं । प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको महान राष्ट्रिय भुमे/भूम्या पर्व असार १ गते देखि ३ गते सम्म खूल्ला मञ्च काठमाडौमा मनाइने भएको छ ।

नेपाल मगर संघ केन्द्रीय, समितीको आयोजना र भुमे/भूम्या पर्व प्रतिष्ठानको ब्याबस्थापनमा मगर समुदायको प्रमुख चाड भुमे/भूम्या पर्व बुधबार बिहान ११ बजदेखि खुल्ला मञ्च काठमाडौमा सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा मनाइने नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मनास्लु पोष्टलाई बताएका छन ।

प्राकृतिक विपत्ति नआओस भूतप्रेत, ग्रहदशा जाउन्न बालीनालीमा किरा नलागोस भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे÷भूम्या पर्व मनाउने प्रचलन छ ।

विशेष गरी अथार मगरात क्षेत्रमा मनाईने भुमे/भूम्या पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायत बिदेशमा पनि मगर समुदायले धुमधामका साथ मनाउने गरेका छन । भुमे/भूम्या पर्वको अघिल्लो दिन युवा युवतीहरुले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते विहान बस्तीका हरेक घरमा भित्र्याएपछि भुमे÷भूम्या भित्रिएको मानिन्छ । असार १ गते विहान बलि दिएर पूजा गरेपछि भुमे/भूम्या/नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ ।

मगर समुदायमा भुमे/भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको सुरुवात, सत्ता परिवर्तन, जनगणना गर्ने र युवा युवतीले प्रेम साट्ने समयको रुपमा समेत मनाउने प्रचलन थियो । भुमे/भूम्या पर्वको विभिन्न महत्वहरु छन तर विस्तारै लोप हुँदै जानु दुःखद छ, भुमे प्रतिष्ठानका हर्क बहादुर घर्ती मगर भन्छन ‘हामीले भुमे/भूम्या पर्वलाई नयाँ आर्थिक वर्ष, सत्ता परिवर्तनको रुपमा र जनगणना गर्ने दिनको रुपमा पनि मनाउने गरेका थियौँ । यो युवा युवतीले प्रेम साट्ने उचित अवसर पनि हुन्थ्यो । अहिले बिस्तारै लोप हुँदै गइरहेकोमा चिन्ता लागेको छ ।

नेपाल मगर संघले तिन दिन आयोजना गरेको भुमे/भूम्यो पर्वमा पर्यटनमन्त्री प्रेम आले, पुर्व मन्त्रीहरु बर्षमान पुन अनन्त, बिना मगर, बालाराम घर्ती मगर, पुर्व सभामुख ओनसरी घर्ती मगरको आतिथ्यता रहने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार