देशभर २७ हजारभन्दा बढी डेंगु संक्रमित

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  90 पटक हेरिएको

काठमाडौं- देशभर २७ हजारभन्दा बढी डेंगु  संक्रमित रहेका छन्। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु संक्रमितको सङ्ख्या २७ हजार १५३ रहेको छ ।

यसमध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको छ। देशभर माघ यता डेंगु पुष्टि भएको सङ्ख्यामध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन् ।

यस्तै, बाग्मती प्रदेशका ८ हजार ४६१ जनालाई, कोशीका १ हजार ७०९ जनालाई, लुम्बिनीका १ हजार ४ सय, सुदूरपश्चिमका १ हजार ११८ जनालाई, मधेसमा ४६० जनालाई र कर्णालीका ३ सय ७ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

देशभर ७७ मध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । ईडिसिडीका अनुसार देशभरका डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार