काठमाडौँ, । भुमे गाँउपालिका २ रुकुमपुर्वका ५४ बर्षिय क्यान्सर पिडित गुरुङको उपचारका लागि.आर्थिक सहयोगको अपिल गरेकाछन । उनिँ ६ महिनादेखि त्रि. बि. शिक्षण अस्पताल महाराजगंजमा क्यान्सर रोगको उपचार गराउँदै आएका छन ।
आर्थिक अवस्था निकै कमजोर जमान गुरुङ ज्याला मजदुरी गरि परिवार धान्दै आएका थिए । उनका ८१ बर्षिया आमा रुपजनी गुरुङ प्यारालाइसेसले थला परेकीछिन, आफ्नै जेठो छोरा दिल कुमार गुरुङ रुखबाट लडेर टाउकोमा गम्भिर समस्या पर्दा ५ पटक अपरेसन गर्दा १८ लाख भन्दा बढि खर्च भइसकेको र बुबाको पनि ४ महिना अगाडि मात्र पायल्सको अपरेसन गर्दा भएको सम्पती सबै सकिएकोले आर्थिक सहयोग माग्न बाध्य भएको बताउछन ।
आइतबार मात्र भूमे समाज कठमाडौका अध्यक्ष लालमाया बुढा मगरबाट रु २० हजार, प्रजित बुढा मगर (अष्ट्रलिया) २० हजार, पुर्वि रुकुम मगर खाम समाज, घोराही दाङ बाट ९४ हजार नौ सय र हिमाचल प्रदेश जरी, चौकी, बलादी,मलाना, छलाल र चोजमा ज्ञानेन्द्र बुढा मगर, कमल थापा मगर र टिका बुढा मगरको पहलमा ७४ हजार ५ सय ४४ भुमे समाज काठमाडौको पहलमा २लाख ९ हजार ४सय ४४ नगद बिरामीलाई हस्तात्तरण गराएको छ ।
क्यान्सर पिडित जमान गुरुङलाई बचाउन सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले -९७६३४८६५४४ मा सम्पर्क गर्नुहोला ।
बैकमा सहयोग गर्न चाहनेले नाम- जमान गुरुङ, ज्योति बिकास बैंक, खाता नंः १०५०१३००८२६०३००००००१ मा जम्मा गरिदिनुहोला ।