काठमाडौं– सरकारले ७ सय ४४ वटै स्थानीय तहमा कम्तिमा १५ बेडको अस्पताल रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।
स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहमा नेपाल सरकारबाट खटाउने निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वयन गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्देशन दिएको हो। बैठक मुख्यसचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपषिदको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै स्थानीय तहमा संविधान तथा स्वीकृत कार्यविस्तृतीकरण बमोजिम स्वास्थ्य सेवा व्यवस्थापन गर्नुका साथै कम्तिमा १५ शैय्याको अस्पतालबाट क्रमशः स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने।’ अहिले स्थानीय निकायअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा १५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र र हरेक गाविसमा स्वास्थ्य चौकी छन्।

900 पटक हेरिएको 

