नेपालकै पहिलो कलंकी ‘अन्डरपास’ निर्माण कार्य पूरा

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  1827 पटक हेरिएको

 भिडियाे हेर्नुहोस ।

नेपालकै पहिलाे कलंकी ‘अन्डरपास’को निर्माण कार्य पूरा भएको छ।

८ सय मिटरको अन्डरपासभित्र बाफलबाट प्रवेश गरेको सवारी खशीबजार निस्किनेछन्। चक्रपथ सुधार आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अन्डरपास रोड पैदलयात्री प्रवेश गर्न पाउँदैनन्। पैदलयात्रुले जेब्रा क्रस प्रयोगमा ल्याइनेछ।

चीन सरकारको ५१२ मिलियन युआन ९करिब ५ अर्ब रुपैयाँ० को अनुदान सहयोगमा चक्रपथ विकास आयोजना अन्तर्गत यो ओभर हेड ब्रिज बनेको हो। यो आयोजनाअन्तर्गत कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको करिब साढे १० किलोमिटर लामो १० लेन चौडाइको सडक निर्माण कार्य लगभग पूरा भएको छ। ढल र सुरक्षा पूर्वाधारसम्बन्धी केही काम बाँकी छन्। कलंकी–बाफल तर्फको ४ सय मिटरमा फिनिसिङको काम भइरहेको छ। त्यो एक(दुर्इ दिनमै सकिँदैछ।

कलंकीको जामलाई मध्यनजर गरी निर्माण गरिएको अन्डर पास ४ लेनको छ। सन् २०१७ को जनवरीमा याे अायाेजना पूरा गर्ने लक्ष्य थियाे। २०७२ को भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीका कारण अायाेजना निर्धारित समयभन्दा १८ महिना ढिलाे भएकाे हाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार