चितवन — धुर्मुस(सुन्तली फाउण्डेशनले प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यमा फर्किएको छ । स्थानीयले डोजर लगाएर रंगशाला निर्माण क्षेत्रको जस्ताको अस्थायी बार भत्काएपछि निर्माण कार्य स्थगित भएको थियो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सोमबार भरतपुरमा भएको पत्रकार भेटघाटमा आफूहरू काममा फर्किएको जानकारी गराए । ‘अब भोलि मंगलबार बिहानबाटै फिल्ड कार्यालय फेरि खुल...
रंगशाला निर्माणको काममा फर्कियो धुर्मुस सुन्तली फाउण्डेशन
