झापामा बस पल्टिदा नौ जना घाईते पुरा विवरण आउन बाकि

झापा ६ चैत – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको लखनपुर–सितापुरी सडकखण्डमा अहिले साझ यात्रु बस पल्टिएको छ । बा ३ ख ७८१५ नम्बरको बस पल्टिदा ९ जना घाइते भएका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।घाइते ८ जनाको दमकस्थित लाइफ लाइनमा उपचार भइरहेको छ । भने गम्भिर घाइते दमक २ की ३० बर्षीया निता विष्टलाई थप उपचारका लागि बिराटनगर पठाइएको लाइफलाइन अस्पता...

पाँचखालमा २८ देशका सेनाको अभ्यास सञ्चालन हुँदै, अमेरिकी सेना प्रमुख काठमाडौंमा

काठमाडौँ, ६ चैत । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । यो अभ्यास भोलि सोमबारदेखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुल...

चेपाङलाई चुनाव भन्दा खानाकै चिन्ता

मनास्लु पोष्ट चितवन चितवनको बिगत गाँउका चेपाङलाई अहिले खानाकै चिन्ता बढेको छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला भएता पानी राम्ररी नपरेकोले गर्दा उनिहरुले मकै लगाउन पाएका छैनन । उब्जिएको मकै,कोडो सबै अन्नपात सकिएपछि अहिले अर्काको मेलापात गरेर आफ्नोे जिविका चलाउदै आइरहेका छन । साविक सिद्धि गा.वि.सकी तारा कुमारीचेपाङ भन्छिन साहुबाट दुई चारपाथी अन्न सापती लिएर गुजरा चलाई रहेका छौ । चितवनका सहबज...

गुर्जुधारामा ठूलो दुर्घटना, ब्रेक फेल भएको ट्रकले चार सवारी साधनलाई हान्यो (फोटो सहित)

काठमाण्डौँ, चैत ४ । थानकोट-कलंकी सडकखण्डको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार कलंकीतर्फ आउँदै गरेको ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको थियो ।थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीका अनुसार काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका स्कुटर, मोटरसाइकल, वान टन ट्रक र ट्याक्सीलाई एकसाथ हानेको छ । दुर्घटनामा...

डोटीमा बाल विवाह रोक्ने धामी–झाँक्री र ज्योतिष सक्रिय हुने

डोटी, चैत ३ । ‘मेरै उमेरका धेरैको बिहे भएको छ, हामीले पनि ज्ञान नभएका कारण बिवाह गर्न दियौं, तर अहिले बालबिवाह गरेपछि के के समस्या हुँदो रहेछ भन्ने जानकारी पायौं । अब बालबिवाह हुन दिन्नौं ।’ डोटी दिपायल सिलगढी नगरपालिका–३ का १५ वर्षीय कर्ण साउँद बुधवार नगरपालिकाको कार्यालयमा भेटिए । उनी नगरपालिकाले आयोजना गरेको ‘धामी झाक्री, पुजारी र ज्योतिषहरुका लागि बालबिवाह सम्वन्धी अभिमुखीकरण कार्यक्रम’ मा ...

बन्दको प्रभावः मधेस ठप्प

२७ फागुन, काठमाडौं । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आहृवान गरेको नेपाल बन्दको काठमाडौंमा खासै प्रभाव परेको छैन । तर, बन्दका कारण मधेसका जिल्लाहरु भने ठप्पप्रायः छन् । काठमाडौंका सडकमा नियमित भन्दा केही कम मात्रामा सार्वजनिक तथा निजी सवारीसाधान चलेका छन् । बजार पसलहरु पनि खुलेका छन् । तर, मधेसका जिल्लाहरुमा भने सवारीसाधान चलेका छैनन् । बन्दका कारण मधेसका नागरिकको दैनिकी...

प्रेस वक्तव्य – २०७३ फागुन २६

फागुन २६ कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बलले गोली चलाएपछि नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टी, नेपाल घोर भत्र्सना गर्दछ । साथै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छ । हामी नेपाल सरकारसँग यो घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दछौं । यो घटना नेपाल–भा...

८ जनाको शब फेला, २० भन्दा बढीको मृत्यु भएको अनुमान

जाजरकोट, २६ फागुन । जाजरकोट बस दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । २० जना भन्दा बढीको मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर ४ को बोहरा गाउँमा ना ३ ख २२७९ नम्बरको बस दुर्घटनामा परेको हो । खलंगाबाट करिब दुई किलोमिटर अगाडि पासेधार नजिक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजे बस दुर्घट...

विवाह गर्न नपाएपछि प्रेमीप्रेमीकाले नै गरे आत्महत्या

२६  फागुन, बर्दिया । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए । घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले बता...

नौ सय वर्ष पुरानो ढुंगेधारा भेटियो

काठमाडौं । विश्वसम्पदा क्षेत्र स्वयम्भूमा करिब ९ सय वर्षअघिको प्राचिन ढुंगेधारा भेटिएको छ । एक महिनाअघि बाटो विस्तारका क्रममा पुरिएको अवस्थामा ढुंगेधारा निस्किएपछि स्थानीयले पुरातत्व विभागलाई खबर गरेका हुन् । विभाग टोलीले स्थलगत अध्ययनपछि उक्त धारा मध्यकालभन्दा पुरानो रहेको जानकारी दिएको हो ।   ‘धाराको बनावट हेर्दा काठमाडौं उपत्यकाको ढुंगेधारा संस्कृतिसँग मेल खाँदैन,’ विभागका महानिर्देश...