मनास्लु पोष्टले मनास्लु आइकन प्रदान गर्दै

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  1283 पटक हेरिएको

मनास्लु पोष्टको तेस्रो ३ औ वार्षिकोत्सवको अवसरमा मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टले मनास्लु आइकन प्रदान गर्ने भएको छ । २०७५ सालमा स्थापित मनास्लु आइकन नेपाली राष्ट्रिय जीवनमा योगदान पुर्याएका नेपाली वा विदेशी नागरिकलाई जीवित या मरणोप्रान्त प्रदान गरिनेछ । यस वर्षदेखि मनास्लु आइकन लेखन,कला, पर्यटन,अर्थ तथा वाणिज्य, विज्ञान तथा प्रविधि र सामाजिक–राजनीतिक क्षेत्रमा योगदान पुर्याएका व्यक्ति, संस्था वा समुहलाई प्रत्येक वर्ष प्रदान गरिनेछ ।

मनास्लु पोष्टको तेस्रो ३ औ वार्षिकोत्सवको अवसरमा एउटा विशिष्ट समारोहमा नेपालको राष्ट्रिय जीवनमा योगदान पुर्याएका व्यक्ति, समुह वा संस्थालाई मनास्लु आइकन प्रदान गरिनेछ । मनास्लु आइकनलाई स्वर्ण पदकसहित एक प्रशस्ती पत्रद्वारा सम्मानित गरिनेछ ।
आफ्नो क्षेत्रमा अथक क्रियाशीलता र सेवाका लागि एक प्रेरणादायी व्यक्ति, समुह वा संस्था मनास्लु आइकनका लागि योग्य हुनेछन् । हामीले सार्वजनिक रुपमा ९ विधामा आइकनका लागि मनोनयन गर्न आह्वान गर्ने छौ“ । यस अलावा हामीले मनास्ल राष्ट्रिय अवार्डबाट सम्मानित भएका व्याक्तित्वलाई पनि मनास्लु आइकनमा मनोनयन गराउनेछौ“ ।
सार्वजनिक आह्वान गरिएअनुरुप आएका प्रस्तावहरुका आधारमा यो पुरस्कारको अन्तिम छनौट मनास्लु पोष्टका अध्यक्ष एवम् समाजका लव्ध–प्रतिष्ठित महानुभावहरुको संलग्नता रहेको प्रत्येक क्षेत्रको पाँच सदस्यीय स्वतन्त्र निर्णायक मण्डल (जुरी)ले गर्नेछ ।

मनास्लु आइकनलाई नेपालका बुद्धिजीवी, नीतिनिर्माता, बरिष्ठ कुटनीतिज्ञ र ब्यापारिक समुदाय सम्मिलित एक विशिष्ट समारोहमा आफ्नो मन्तव्य राख्ने मौका मिल्नेछ । संवादलाई बढावा दिने र समझदारी बढाउने एउटा अविस्मरणीय समारोहको आयोजना गर्ने तयारीमा छौ“ ।

थप जानकारीकाे लागि MANASLU TV लाई subscribe गरेर हेर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार