किरात मुन्धुम सावा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  1109 पटक हेरिएको

भोजपुर — उत्कृष्ट सय गन्तव्यको सूचीमा सूचीकृत मुन्धुम पदमार्गमा पदयात्राका लागि जाने पर्यटकलाई लक्ष्य गरी किरात मुन्धुम सावा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।

टेम्केमैयुङ गाउँपालिका १ तिम्मा, सावाका स्थानीयले आम्दानीको अतिरिक्त स्रोत र पर्यटकीय सेवाका निम्ति घसबास सञ्चालनमा ल्याएका हुन् । यसको उद्घाटन टेम्केमैयुम गाउँपालिकाका अध्यक्ष ध्रुव राईले गरे । पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनलाई प्राथमिकता दिई घरबासलाई अग्रस्थानमा राखेको राईले बताए ।

सावासँग यसका नजिकका गाउँ, वरपरका पर्यटकीय क्षेत्रसहित प्रवर्द्धनको अभियानमा जोडिने जनाइएको छ । घरबास सुरुवातपछि यसलाई सञ्चालन गर्ने, पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने तथा वरपरका पर्यटकीय गतिविधिसँग जोडै ग्रामीण पर्यटनको उत्कृष्ट नमुना बनाउन सकिने अध्यक्ष राईले बताए ।

प्राकृतिक स्रोत साधन, सस्कृति, प्राकृतिक सिनारियोको प्रयोग बाटनै घरबासको प्रवर्द्धनका हुन सक्ने होमस्टेको स्थलगत भ्रमण गरेर फर्किएका नेपाल पर्यटनबोर्डकी सुशीला बरालले बताइन् । उनले भनिन्, ‘होमस्टे सञ्चालनले आर्थिक रुपमा मात्र नभई गाउँलेको व्यक्तित्व विकासमा समेत टेवा पुग्ने छ ।’

भोजपुर बजारबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो क्षेत्र मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने यात्रु तथा मुन्धुम पदमार्गमा यात्रा गर्ने पर्यटकको रोजाइमा पर्न सक्छ ।

नेपाल पर्यटन बोर्ड तथा टेम्केमैयुङ गाउँपालिकाद्वारा घरबासको व्यवस्थापनसम्बन्धी ५ दिने तालिम स्थानीयलाई दिइएको छ । किरात मुन्धुम सावा सामुदायिक होमस्टेको स्थायित्व तथा दक्षता अभिवृद्धिका लागि तालिम पनि प्रदान गरेको हो । विभिन्न २२ घरमा सुरु गरिएको यो सामुदायिक घरबासले स्थानीय उत्साहित भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार राईले बताए । सरसफाइलाई प्राथमिकतामा लिएर एक घरबरावर चारवटा कोठा आठवटा ओछ्यान राखेर होमस्टे सञ्चालन गरिएको उनले बताए ।

घरबास सञ्चालनबाट आम्दानी भएको रकममध्ये ९० प्रतिशत सञ्चालकले राख्ने र १० प्रतिशत समूहमा जम्मा गर्ने निर्णय गरिएको राईले जनाए ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार