
खोटाङ । गालामा पलाएको मासु छातीसम्म झुन्डिएको छ। वरको जराजस्तो पलाएको त्यही मासुले देब्रे आँखा ढाकिसकेको छ। खाना खाने क्रममा त्यही झोलिएको मासुले अवरोध पुर्याइरहेको छ।
देब्रे चल्नीनजिकै रहेको सानो कोठी बढ्दै जाँदा सुशीलाको अनुहारमा अस्वाभाविक रूपमा मासु पलाएको थियो। क्रमशः बढेको मासुको डल्लोले उनको अनुहारको आधा भाग नै ढाकिसकेको छ। ३२ वर्षीया सुशीलाको समस्या घट्नुको सट्टा अहिले पनि बढिरहेको उनका दाजु रणबहादुर बस्नेतले बताए। ‘गालामा जन्मजात कोठीजस्तो दाना थियो,’ रणबहादुरले भने, ‘तर उमेर बढ्दै जाँदा मासु पनि पलाउँदै गयो। अहिले पनि पलाउने क्रम रोकिएको छैन।’ उमेर बढेसँगै मासु पलाउन थालेपछि उनलाई उपचारका लागि भारतको पटनासम्म पुर्याइए पनि निको नभएको परिवारको भनाइ छ। ‘काठमाडौं पु¥याउँदा यहाँ उपचार हुँदैन भनेर पटना पठाइयो,’ रणबहादुरले भने, ‘शल्यक्रिया गर्दा ज्यान जोखिममा पर्छ भनेपछि पटनाबाट केही नगरी फर्काएका थियौं।’
उनले मासुको डल्लोलाई एकातिर ढल्काएर खाना खाने गरेको बताइन्। पलाएको मासु हल्लिँदा हिँडडुल गर्नसमेत अप्ठ्यारो हुन्छ। मासुले अनुहार ढाकेपछि उनी मानसिक रूपमा समेत पीडित छिन्। समस्याबारेमा बताउन परे उनी पीडाले रुने गरेकी छिन्। परिवारका अनुसार भारी बोक्ने, कोदालो खन्ने, धानकोदो रोप्नेजस्ता काम गर्न उनी सक्दिनन्। दुखेर हसह्य हुने गरेको उनले बताइन्।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सुशीलालाई लगिएको थियो। सीमित स्रोत साधनसहितको स्वास्थ्य शिविरमा उपचार सम्भव नभए पनि उनले शिविरबाट ‘क’ वर्गको अपांगता परिचयपत्र पाएकी छिन्। नागरिकबाट
MANASLU TV

943 पटक हेरिएको 

