रबिन्द्र बाठा मगरले रूदै भने म पढेर शिक्षक बन्ने सपना छ मलाई बचाउनुस्

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  2070 पटक हेरिएको

मन बहादुर पुन

काठमाडाैं । दुवै मृगौलाले काम नगर्ने भएपछि रूकुमका एकजना मृगौला रोगीले सहयोगको याचना गरेका छन् । बाफिकोट गाउपालिका वडा नम्बर ८ दुलि माझधारा रुकुम पश्चिम् निबासी बुवा परबिर बाठा मगर र आमा रामसरी बाठा मगर का कान्छा छोरा बर्ष १७ का रबिन्द्र बाठा मगर को दुबै मृगौला फेल भै हाल नेपालगन्ज मेडिकल कलेज शिक्षन अस्पतालमा डायलाइसिस बाट उपचार भैरहेको छ ।

मृगौलाको डाइलोसिस गर्दै आएका  रबिन्द्र बाठा मगरकाे मृगौलाप्रत्यारोपण गर्न आर्थिक अवस्था छैन, उनले परिवारले भने ।  मृगौलाको समस्या देखिएकोले साह्रै पीडा भएको बताए छन। उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षन अस्पतालमा उपचार गरिरहेका रबिन्द्र बाठा मगरको  काठमाडौको  राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौमा  मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण गर्न नसकेको उनले बताए ।

सरकारले मृगौलाको डाइलोसिस निशुल्क गर्ने व्यवस्था मिलाए पनि एक पटक डाइलोसिस गर्नको लागि ४ देखि ५ हजार रुपैया औषधीको लागि खर्च हुने गरेको उनले बताए । मासिक उपचार खर्च रु. ४० हजार देखि ५० हजार खर्च हुने गरेको भन्दै हप्तामा ३ पटक डाइलोसिस गर्नुपर्दा साह्रै नै समस्यामा परेको उनकाे बुबा परबिर बाठा मगरले बताए। मासिक औषधी पनि खानुपर्छ, खर्च धान्न परिवारलाई गाह्रो छ, उनले भने । रबिन्द्र बाठा मगर अस्पतालमै रूदै भने म पढेर शिक्षक बन्ने सपना छ मलाइ जसरीनि बचाउनुस ।

रबिन्द्र बाठा मगरको उपचारको लागि सहयोग गरिदिन सबैसँग आग्रह समेत गरिएको छ । उनको उपचारको लागि सबैले सहयोग गरिदिनुहुन उनको आमा रामसरी बाठा मगरले सबैसँग अनुरोध समेत गरेका छन्। उनकाे उपचारमा अहिले सम्म १२ लाख लाखभन्दा बढी खर्च भएसकेकाे छ, मेराे मुटुकाे टक्रा हाे १७ बर्षकाे कलिलाे मेराे छाेरा खाँउ खाँउ लाँउलाँउ भन्नेबेलामा यस्ताे भाे  आफ्नै छाेरा जस्तै मानेर सहयाे गरिदिनुस उनले भने ।

रबिन्द्र बाठा मगरको मृगौला प्रत्यारोपण गर्न आर्थिक अवस्था नभएको हुनाले उनको जीवन रक्षाको लागि स्वदेश तथा विदेशमा हुनुहुने सहयोगीदाताहरुबाट सहयोगको उनले याचना समेत गरेका छन्। रबिन्द्र बाठा मगरको उपचारका  लागि सहयोग गर्न चाहनुहुने महानुभाबहरुले टेकम बाठा मगर माेवाइल नं- ९८६०००४७०७ रबिन्द्र बाठा मगर बचाउ अभियानका संयाेजकः बाेम दलार्मी मगर माेबाइल नं- ९८५११७८०११, मन फाउन्डेशन नेपाल-९८५१०६७९११ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार